sunwal

चारदिन पछि दाउन्नेमा दुईतर्फी यातायात सञ्चालन

245

बर्दघाट,साउन–३१

सडक भाँसिदा अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने सडकमा चार दिनपछि दुईतर्फी रुपमा यातायात संचालनमा आएको छ ।

साउन २८ गते सडक भाँसिएपछि एकतर्फी रुपमा यातायात सञ्चालन हुँदै आएको थियो । भाँसिएको स्थानमा पहाड काटेर सडक चौडा गर्नेक्रममा सोमबारदेखि एकतर्फी रहेको सडक बिहीबार साँझबाट दुईतर्फी संचालनमा आएको हो ।

सडक चौडा गर्नका लागि दाउन्ने पहाडको माटो काट्दा यातायात एकतर्फी चलाइएको थियो । दाउन्नेमा पटक पटक सडक अवरुद्ध हुदाँ समयमै यात्रु गन्तव्यमा पुग्न सक्ने अवस्था छैन ।सडक दुईतर्फी संचालन भएपछि भने सहज रुपमा सवारीसाधनहरु आवत जावत गरिरहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ । बर्षायाम सगै माथीबाट माटो खसिरहेने हुदाँ माटो पन्छाउन लामो समय लाग्ने गरेको छ ।वर्षा याम सुरु भएसगै कार्तिक १५ गते सम्मका लागि निर्माणकार्य ठप्प रहेको छ ।दाउन्नेमा बढि जोखिम रहेकाले सडक निर्माणको काम ढिलाई हुदाँ थप जोखिम बढेको छ ।