sunwal

परासीको कर कार्यालयले १ अर्ब ५ करोड ५३ लाख राजस्व संकलन गर्यो

165

प्रकाश न्यौपाने
परासी,साउन– ३१
पश्चिम नवलपरासीमा रहेको करदाता सेवा कार्यालयले आर्थिक बर्ष २०८०/०८१ मा १ अर्ब ५ करोड ५३ लाख २३ हजार ३ सय ४० रुपैया राजस्व संकलन गरेको छ । १ अर्व २२ करोड ५० लाख लक्ष्य रहेको करदाता सेवा कार्यालयले लक्ष्यको ८६ प्रतिशत राजस्व संकलन गरेको कार्यालय प्रमुख राजेन्द्र शाहले जानकारी दिनु भयो ।

गत अर्थिक बर्षमा ९७ करोड ८ लाख १३ हजार १ सय ३० राजस्व संकलन गरेको थियो । गत बर्ष भन्दा यस बर्ष ८ दशमलव ७ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ । आर्थिक बर्ष ०७९/८० मा आय कर बापत ५३ करोड ५४ हजार २ सय ३० संकलन गरेकोमा ०८०/८१ मा ५६ करोड ३१ लाख ९७ हजार ७ सय ५० संकलन गरेको छ । जुन ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । आर्थिक बर्ष ०७९/८० मा भ्याट बापत ३७ करोड लाख ९३ हजार ३ सय ८० संकलन गरेकोमा ०८०/८१ मा ४० करोड ६५ लाख ४० हजार ६ सय ७० रुपैया संकलन गरेको शाहले हिमालय टाइम्सलाई जानकारी दिनु भयो ।

आर्थिक बर्ष ०७९/८० मा अन्तशुल्क बापत ६ करोड ८६ लाख ६५ हजार २ सय २० संकलन गरेकोमा ०८०/८१ मा ८ करोड ५५ लाख ८४ हजार ९ सय २० संकलन गरेको छ । जसमा गत बर्ष भन्दा २५ प्रतिशतले वृद्धि भएको छ । करदाता सेवा कार्यालयले सबै भन्दा धेरै राजस्व आय करबाट संकलन गरेको छ । करदाता सेवा कार्यालयले नवलपरासीका सातै पालिका पालिकाबासीहरुलाई सेवा लिन सहज भएको छ ।