Holi care school

बर्दघाट वडा नं. ६ र ७ का पसलहरुमा अनुगमन

388

कृष्ण ढकाल
बर्दघाट,साउन–२९

बर्दघाट नगरपालिका र उपभोक्ता हित संरक्षण मञ्च नेपालको संयुक्त टोलिले आज बर्दघाट वडा नं. ६ र ७ का पसलहरुमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा पसलहरुको होडिङ्ग बोड नभएको,मिति गुज्रेका सामानहरु बेचविखन गर्न राखिएको, पसल सञ्चालनका लागि अनुमति नलिएको,नविकरण नगरेको, मुल्य सुचि नराखिएको ,उत्पादन तथा बिक्रि मिति भएको लेवल नभएका सामानहरु बेच्न राखिएको पाइएपछि पहिलो पटकलाई अनुगमन टोलिले जानकारी गराएर छोडेको अनुगमन समितिका संयोजक तथा नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनु भएको छ ।
बजार अनुगमनका क्रममा बर्दघाट नगरले प्रतिबन्ध गराएको सुर्तिजन्य वस्तु भोलाको पाहुँच खुल्ला रुपमा पसलमा बेच्न राखेको भेटिएपछि (२७ पिस ) पसलबाट लिएर नष्ट गरीएको अनुगमन टोलिमा रहनु भएका खाद्य निरिक्षक तथा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले जानकारी गराउनु भएको छ ।

बजार अनुगमनमा बर्दघाट नगर अनुगमन समितिका संयोजक तथा नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्याय,खाद्य निरिक्षक तथा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल,उपभोक्ता हित संरक्षण मञ्च नेपाल,बर्दघाट नगर समितिका सचिव कुस्माकर ढकाल,बर्दघाट नगरका अर्थिक विकास शाखा अधिकृत पशुपति गैरे,एल.बि. चौधरी र नगर प्रहरीहरु लगाएतको सहभागिता रहेको थियो ।