Holi care school

प्रथम सुर्य ज्योती क्रिकेट कप २०८१ को उपाधी अमर इलावेन गुल्मीले हातपार्यो

324

कृष्ण ढकाल
बर्दघाट,साउन–१०

सुर्य ज्योती युवा क्लब बर्दघाट–२,चिसापानीले आयोजना गरिएको प्रथम सुर्य ज्योती खुल्ला क्रिकेट कप– २०८१ को उपाधि अमर इलावेन गुल्मीले हात पारेको छ । गत असार ३ गतेबाट सञ्चालन गरीएको प्रथम सुर्य ज्योती खुल्ला क्रिकेट कप– २०८१ मा बिभिन्न जिल्लाका गरि २४ टिमले प्रतियोगीतामा सहभागीता जनाएको आयोजक क्लबका अध्यक्ष राम भण्डारीले बताउनु भयो ।

नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. २ चिसापानीको खेल मैदानमा संचालन भएको उक्त प्रतियोगीताको फाईनल खेलमा आयोजक सुर्य ज्योती युवा क्लबले ट्रस जितेर पहिलो फिल्डीङ्ग रोजेको थियो भने अमर इलावेन गुल्मीले ब्याटिङ्ग गरेको थियो ।
२० ओभरको खेलमा अमर इलावेन गुल्मीले ९ विकेटको क्षती ब्यहोर्दै १ सय २४ रनको लक्ष्य निर्धारण गर्न सफल भएको थियो । निर्धारित लक्ष्य प्राप्तीका लागी आयोजक टिमले खेलको दोस्रो इनडिङ्गमा भरपुर मेहनत गर्दा समेत १६ ओभरको खेलमा सम्पुर्ण विकेटहरुको क्षती ब्यहोर्न बाध्य बनेको थिायो ।


फाईनल खेलमा अमर इलावेन गुल्मीले १ बिकेटको सुरक्षा संगै ६३ रनको फराकीलो अन्तरले आयोजक सुर्य ज्योती युवा क्लबलाई पराजीत गर्दै आफू प्रतियोगीताकै बिजेता टिम बन्न सफल भएको थियो ।
प्रथम सुर्य ज्योती खुल्ला क्रिकेट कप– २०८१ को बिजेता टिम बनेसंगै अमर इलावेन गुल्मीले नगद ५० हजार ,शिल्ड,मेडल र प्रमाण(पत्र हात पार्न सफल भएको थियो भने आयोजक टिम उपबिजेता बनेर नगद २५ हजार, शिल्ड मेडल र प्रमाण पत्र मा नै चित्त बुझाएको थियो । प्रतियोगीतामा म्यान अफ द सिरिज अमर अमर इलावेन गुल्मीले का खेलाडी सुमन क्षत्री हुनु भएको थियो ।


प्रथम सुर्य ज्योती खुल्ला क्रिकेट कप– २०८१ को प्रतियोगीतामा प्रथम पुरस्कार सौजन्य सुसुकी कन्सल्टेन्सीले गरेको थियो भने द्धितिय पुरस्कार सौजन्य ट्रयाक्टर ब्यवसायी समिति चिसापानीले र शिल्ड सौजन्य आर. बि. कलेजले प्रमाण– पत्र सौजन्य गरेको सूर्य ज्योती युवा क्लबका प्रेम भुजेलले जानकारी गराउनु भएको छ ।
प्रथम सुर्य ज्योती खुल्ला क्रिकेट कप– २०८१ को पुरस्कार वितरण कार्यक्रम क्लबका अध्यक्ष राम भण्डारीको अध्यक्षता र जिल्ला समन्वय समितिका सदस्य धनिराम चौधरीको प्रमुख आतिथ्यता तथा बर्दघाट नगरपालिका वडा नं २ का वडा अध्यक्ष गणेश बहादुर क्षात्रीको बिशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा सुसुकी कन्सल्टेन्सीका प्रोपाईटर हरि प्रसाद क्षेष्ठ, चिसापानी ट्रयाक्टर ब्यवसायी समितिका अध्यक्ष तील बहादुर पुन, क्लबका भुतपुर्व अध्यक्ष यम बहादुर थापा, बर्दघाट प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव शरद पौड्याल, चिसापानी बजार बिकास समितिका अध्यक्ष शिव पौडेल लयागतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रेम भुजेलले गर्नु भएको थियो ।