Holi care school

लायन्सअवार्ड वितरण तथा पदहस्तान्त्रण कार्यक्रम सम्पन्न्

432

कृष्ण ढकाल
बर्दघाट,असार–२३
लायन्स क्लब अफ नवलपरासी बर्दघाटको अवार्ड वितरण तथा पदहस्तान्त्रण कार्यक्रम सम्पन्न् भएको छ । लायन्स क्लब अफ नवलपरासी बर्दघाटकी बर्ष २०२३/०२४ की अध्यक्ष कल्पना पौडेलले बर्ष २०२४/०२५ की अध्यक्ष सुस्मा पुनलाई एक कार्यक्रमका विच पदहस्तान्त्रण गर्नु भएको थियो ।

लायन इन्टरनेश्नल डिस्टिक ३२५ पि.नेपालका बर्ष २०२४/०२५ को डिस्टिक गभर्नर एम.जे.एफ. पुरुषोत्तम भक्त प्रद्यानाङ्गको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा भ्वाइस डिस्टिक गभर्नर बलराम भट्टराई,सन्दिप कशौधन,धिरज शर्मा बस्याल,युवराज डुम्रे, कमला शर्मा, लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

अवार्ड वितरण तथा पदहस्तान्त्रण कार्यक्रममा बर्ष २०२३/०२४ की अध्यक्ष कल्पना पौडेलको टिमले गरेका कामहरुलाई दस्तावेजीकरण गरी प्रकाशन गरीएको क्लबको डाइरेक्टरी बुक्सको विमोचन समेत गरीएको थियो ।

अवार्ड वितरण तथा पदहस्तान्त्रण कार्यक्रममा बर्ष २०२३/०२४ की अध्यक्ष कल्पना पौडेलको टिमले आफ्नो एक वर्षको अवधिमा गरेका ८६ वटा कार्यक्रमहरुको विवरणलाई समेटेर तयार पारिएको भिडियो डकुमेन्ट्री समेत प्रस्तुत गरीएको थियो ।
बर्ष २०२३/०२४ को टिमले बर्दघाट–५,बन्डाखोलामा रहेको पञ्चेश्वर महादेवको मन्दिर परिसरमा वृक्षारोपण गरी आफ्नो कामको शुरु गरेर कार्यकालको अन्त्यमा अटिजम रोगका वारेमा जानकारी दिदै आफ्नो कार्यकाललाई स्वणीम वर्षका रुपमा ईतिहांस रचन सफल भएको प्रस्तुत गरीएको भिडियो डकुमेन्ट्रीमा उल्लेख गरीएको थियो ।
त्यसैगरी बर्ष २०२३/०२४ को टिमले बिभिन्न प्रकारका सिपमुलक,सचेतना मुलक एवं संस्कार र संस्कृतिको संरक्षण गर्ने खालका कार्यक्रम सम्पन्न गरेको छ। मानविय सेवामुलक,पर्यापर्यटन,वातावरण तथा सरसफाई,स्वास्थ्य शिविर,स्वागत तथा सम्मानका कार्यक्रम,बिभिन्न प्रकारका प्रतियोगिताहरु देखि जन्मदिन र श्रद्धाञ्जली जस्ता कार्यक्रमहरु गर्न सफल भएको बर्ष २०२३/०२४ की अध्यक्ष कल्पना पौडेलले कार्यक्रममा जानकारी गराउनु भएको थियो ।

लायन्स क्लब अफ नवलपरासी बर्दघाटको अवार्ड वितरण तथा पदहस्तान्त्रण कार्यक्रममा बर्ष २०२३/०२४ की अध्यक्ष कल्पना पौडेलले आफनो कार्यकाल सफल बनाउन सहयोग गर्ने कमला बस्याल र शिवकुमारी भट्टराईलाई विषेश सम्मान गर्नु भएको थियो भने आफ्नो टिमका विभागिय १७ जना संयोजकहरुलाई समेत बिभिन्न अवार्डवाट सम्मान गर्नु भएको थियो ।

लायन्स क्लब अफ नवलपरासी बर्दघाट बर्ष २०२४/०२५ को नेतृत्व समाल्न अहिले अध्यक्षमा सुस्मा पुन,सचिबमा भिमा तिवारी र कोषाध्यक्षमा शोभा सुवेदी लगाएतको टिम जुरमुराएर लागेको छ ।