sunwal

बर्दघाट उद्योग वाणीज्य संघले सुझाब संकलन गरेर बार्षिक कार्ययोजना बनाउदै

260

कृष्ण ढकाल
बर्दघाट,असार–१५
बर्दघाट उद्योग वाणीज्य संघले आ.ब. २०८१/०८२ को बार्षीक कार्ययोजना निमार्णका लागि सल्लाह सुझाब संकलन कार्यलाई तिव्रता दिएको छ । जसअन्र्तगत बर्दघाट उद्योग वाणीज्य संघमा आवद्ध भएका र नभएका सबै नगरका उद्योगी, ब्यवसायी,समाज सेवी तथा बिभिन्न संघ संस्थाहरुसंग सल्लाह सुझाब संकलन गरीरहेको छ ।
सल्लाह सुझाब संकलनकै क्रममा बिभिन्न संध संस्थाहरु , ब्यवसायीक किसानहरु र उद्योगी ब्यापारीहरुसंग छुट्टा– छुट्टै रुपमा सल्लाह सुझाब संकलन गरेको थियो ।
सुझाब संकलनका क्रममा सहभागिहरुले घरभांडाको समस्या, सिमावती बोडरका कारण हुने गरेको समस्या, बैंकको ब्यजदरको समस्या, ब्यापारीहरु विच हुने ब्यवसायिक प्रतिष्प्रर्धा ,ढुवानीको समस्या,जस्ता समस्याका वारेमा बर्दघाट उद्योग वाणीज्य संघले अभिभावकत्व लिएर काम गर्नु पर्ने सुझाव रँखेका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष तथा सल्लाह सुझाब संकलन समितिका संयोजक तारा गौतमको अध्यक्षता र महासचिव गंगा पाठकको सञ्चालन रहेको कार्यक्रममा बोल्दै अध्यक्ष लेखनाथ न्यौपानेले नगरका सबै उद्योगी ब्यवसायीहरुको पक्षमा रहेर काम गर्ने गरी संघ अघि बढेको बताउनु भएको थियो । उहाँले निजिक्ष्ँेत्रका उद्योगी ब्यापारीहरुको पक्षमा रहेर स्थानिय सरकारले कुनै कुनै निति तथा कार्यक्रमहरु नल्याएको तर कर असुली गर्ने क्षेत्रका रुपमा मात्र उल्लेख गरेको बताउनु भएको थियो ।

त्यसैगरी संघका वरिष्ठ उपाध्यक्ष तारा गौतमले ब्यवसायीहरुको सल्लाह सुझवका आधारमा संघको वार्षीक योजना तय गर्ने र उनीहरुकै सुझावका आधारमा करको दर र दायरा बढाउन स्थानिय सरकारलाई सुझाव दिने गरी अघि बढीने बताउनु भएकाे थियो ।