sunwal

अनेरास्ववियु नवलपरासीद्धारा पालिका प्रमुखहरुलाई सुझाब–पत्र 

62

कृष्ण ढकाल

बर्दघाट,असार–४

आ.ब. २०८१/०८२ को निति ,कार्यक्रम तथा बजेट ल्याउदा बिधार्थीहरुसंग प्रत्यक्ष जोडीएका कार्यक्रमहरु ल्याउन माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन नवलपरासीले जिल्लाका सबै पालिकाहरुमा १८ बुंधे सुझाब–पत्र बुझाएको छ ।

अनेरास्ववियुका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज निरज पौडेल र जिल्लाका कार्यवहाक अध्यक्ष सन्जय मौर्यको नेतृत्वमा गएको बिधार्थीहरुको टालीले पालिका प्रमुखहरुलाई उक्त सुझाब–पत्र बुझाएको  हो ।

पौडेल र मौर्यद्धारा संयुक्त रुपमा हस्ताक्षरीत सुझाब–पत्रमा संस्थागत विद्यालयहरुले उपलब्ध गराउनु पर्ने दश प्रतिशत छात्रवृत्तिको नामावली प्रकाशन गरी सार्वजनिक गर्ने देखि शिक्षक शिक्ष्ँिकाहरुको राजनितिक दलको सदस्यता त्यागन निर्देशन दिने र अटेर गरे कार्वाहि गर्नु पर्ने सम्मका सुझावहरु समावेस गरीएका छन ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियनले दिएका सुझाबहरुमा एक विद्यालय एक नर्स,दिवा खाजाको गुणस्तरीयता संगै स्थानिय उत्पादन खुवाउने ब्यवस्था गर्ने ,फरक क्षमता भएका बिधार्थीहरुका लागि परामर्श केन्द्र सञ्चालन गर्नु पर्ने,बुक फ्रि फ्राइडे अनर्तगत सिप संस्कृति र नैतिकशिक्षाका कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने ,मापदण्ड विपरीत सञ्चालन भएका संस्थागत विद्यालयहरुलाई कार्वाहि गर्नु पर्ने,पढदै कमाउदै जस्ता ब्यवसायिक शिक्षाको ब्यवस्था मिलाउने लगाएतका सुझाबहरु समावेस गरी गरीएका छन ।