Holi asnjal makar GURU

रिटर्नीहरुलाई पुनःस्थापन र ब्यवस्थापन गर्न जरुरी छ ः अध्यक्ष अधिकारी

93

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–४
रिटर्नी फेडेरेसन नेपालको केन्द्रिय टोलीले मदन आश्रीत स्मृती दिवसको अवसर पारेर भारतले अतिक्रमण गरेको सुस्ता क्षेत्रको अध्ययन अवलोकन गर्नुका साथै पश्चिम नवलपरासी जिल्ला कमिटिले अहिले सम्म गरेका कार्यसम्पादन र त्यसको प्रभाव मुल्याङकन गर्ने कार्य सम्पन्न गरेको छ ।

केन्द्रिय अध्यक्ष उत्तम अधिकारीको नेतृत्वमा आएको सचिव जे.बि. सापकोटा सहितको टोलीले जिल्लाका रिटर्नीहरुको अवस्था, ब्यवस्था र संगठनको प्रभावकारीताका वारेमा प्रदेश,जिल्ला र नगर कमिटिका पदाधिकारीहरुसंग जानकारी लिएको थियो । सो अवसरमा नेकपा एमाले जिल्ला कमिटिका सदस्य तथा रिटर्नी फेडेरेसन इन्चार्ज राजेन्द्र सुनार,बर्दघाट नगर अध्यक्ष केशव बहादुर खत्रीक्षेत्री ,रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय निर्वाचन प्रमुख कृष्ण भुषाल,जिल्ला ईन्चार्ज यादव अर्याल,प्रदेश सदस्य तोलाकान्त भट्टराई,ईन्द्रमणी खरेल लेखनाथ न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।

रिटर्नी फेडेरेसन नेपालका जिल्ला अध्यक्ष चिरन्जीवी खराल (रामु)को अध्यक्षता र केन्द्रिय अध्यक्ष उत्तम अधिकारीका प्रमुख आतिथ्यतामा भएको छलफल तथा सुझाव संकलन कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले रटर्नीहरुलाई पुनःस्थापन र ब्यवस्थापन गर्न जरुरी रहेको बताउनु भएको छ । अध्यक्ष अधिकारीले रिटर्नीहरुको राजनिति,आर्थिक र सामाजिक पक्षलाई केन्द्रमा राखेर काम गर्न सके मुलुक समृद्ध तर्फ जान कुनै समस्या नहुने बताउनु भएको छ ।

फरक प्रसंगमा उहाँले कुनैपनि विषयको अध्ययन विना कसैले पनि पदमात्र लिएर आसन ग्रहण गर्दैमा केहि नहुने भएकाले संगठनको निति र सिद्धान्तका वारेमा जानकारी लिन जरुरी रहेको बताउनु भएको थियो ।
उहाँले यो बर्षलाई असार सम्म श्रम बर्षका रुपमा लिएर काम गर्न निर्देशन समेत दिनु भएको थियो ।

त्यसैगरी केन्द्रिय सचिव जे.बि. सापकोटाले विदेशवाट पिडा लिएर आएका हरुलाई राज्यले पुनःस्थापन गर्नेर श्रम , सिप सिक र ज्ञान लिएर आएकाहरुलाई ब्यवस्थापन गर्ने निती बनाएर अघि बढ्नु पर्ने बताउनु भएको थियो ।
उहाँले वैदेशिक रोजगारबाट फर्केका नागरीकहरुकका सिप र ब्यवसायिक दक्षताका आधारमा उत्तमशिलता विकास तथा रोजगारी सिर्जना गर्न प्रदेश तथा स्थानिय सरकार सहकार्य गर्न तयार हुनु पर्ने धारणा राख्नु भएको थियो ।