Sarawal sit lahar Notis

बैंकर्स एसोसिएशन बर्दघाट नगर समितिको अध्यक्षमा भारती

119

बर्दघाट,जेष्ठ–४
बैंकर्स एसोसिएशन बर्दघाट नगर समितिको बार्षिक साधारण सभा तथा अधिवेशनले एन.एम.बि. बैंक बर्दघाट शाखा प्रबन्धक रामकुमार भारतीको अध्यक्षतामा नयां कार्यसमिति सर्बसम्वत चयन गरेको छ ।
नगर समितिको उपाध्यक्षमा प्रभु बैंकका गणेश बहादुर पछाईलाई चयन गरेको छ भने सचिवमा ज्योती बिकास बैंकका नारायण विश्वकर्मा र कोषाध्यक्षमा वेस्टफाइनान्सका विष्णु श्रेष्ठलार्ई चयन गरेको छ ।

त्यसैगरी सदस्यमा सेवा विकास वैंकका रक्षक भण्डारी,सिद्धार्थ बैंकका कमल पौडेल,ग्लोवल आई.एम.ई.बैंकका संगम जि.सी. ,गरीमा बैंकका हिरामणी पराजुली,प्राइम बैंकका टुलक प्रसाद काफ्ले,एन.आइ.एन.बि बैंकका रामचन्द्र कडरिया र सिटिजन बैंकका मनोज ज्ञवालीलाई सर्वसम्वत रुपमा चयन गरीएको बैंकर्स एसोसिएशन बर्दघाट नगर समितिका अध्यक्ष रामकुमार भारतीले जानकारी गराउनु भएको छ ।