sunwal

नेपाल निवृत्त शिक्षक समाज सुनवल नगर समितिको अध्यक्षमा अर्याल

43

कृष्ण ढकाल

जेष्ठ–४

नेपाल निवृत्त शिक्षक समाज नवलपरासीको नियमित बैठक एवं सुनवल नगर समितिको प्रथम अधिवेशन तथा सम्मान कार्यक्रम  सम्पन्न भएको छ ।

आज सुनवलमा भएको नगर अधिवेशनले दीर्ध नारायण अर्यालको अध्यक्षतामा नौ सदस्य नयाँ कार्यसमिति सर्बसम्वत चयन गरेको छ ।

सुनवल नगर समितिको उपाध्यक्षमा गोकर्ण पौड्याल ,सचिवमा कृतीनाथ तिवारी र कोषाध्यक्षमा परमानन्द गौतम रहनु भएकोे छ । त्यसैगरी सदस्यमा कुर सिंह चौधरी,गोपी लाल पाण्डे,आनन्द चापागाईं र राजेन्द्र प्रसाद भुसाल रहनु भएको छ भने एक जना पछि थपगरीने भएको छ ।

समाजका जिल्ला अध्यक्ष हुमनाथ आचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाज  जिल्ला समिति र नगर समितिका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।