Sarawal sit lahar Notis

सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहराहरु बनाएकामा डोजर

26

कृष्ण ढकाल

बर्दघाट,जेष्ठ–५

अभियानकै क्रममा आज बर्दघाट बजारक्षेत्रमा पर्ने आनन्द नगरको कुलो छेउ–छाउमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी  बनाएका घरटहराहरुमा डोजर लगाएर हटाएको  छ ।

बर्दघाट नगरले ३ बर्ष अघि देखि पटक–पटक सार्वजनिक स्थानमा भएको अतिक्रमण खाली गर्नका लागि प्रक्रिया शुरु गरेपनि खाली गर्न नसकेको स्थानलाई आज खाली गर्न सफल भएको छ ।

नगरले शुरु गरेको सार्बजनिक जग्गा संरक्षण र खोला तथा घोलाहरुको सफाई गर्ने योजना अनुसार नै अभियान अधि बढेको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।

त्यसैगरी बर्दघाट बजारको हाईवेको उत्तर साईटमा पर्ने बर्दघाट सरावल सव डिभिजन कार्यालयसंगै जोडिएर बनेका ९ वटा टहराहरु हटाउनका लागि नगरपालिकाले आज नै सुचना टाँस गरेको छ ।

यस अघि बर्दघाट नगरले हिजो वडा नं. ९ र ११ को सिमाना सुनटाँडीमा नक्सा अनुसारको साविकको कुलो खोल्ने काम गरेको छ । पहिले संचालनमा रहेको कुलो अहिले वन्दहुदां बर्षको पानीले निकास नपाएर वस्ती डुवानमा पर्ने समस्याको समाधानका लागि नक्सामा रहेको साविको कुलो खोल्ने काम भएसंगै अव वस्ती र खेतियोग्य जमीनहरु डुवानको समस्यावाट मुक्क्तहुने स्थानियवासीहरुको भनाई रहेको छ ।