नेपाल रेडक्रसका उप–शाखाहरुलाई मर्चगरी सेवालाई प्रभवकारी बनाउन आग्रह
पश्चिम नवलपरासीमा हालसम्म १६ वटा उपशाखा
कृष्ण ढकाल
बर्दघाट,फागुन–२०
मानविय सेवामा समर्पित रहने नेपाल रेडक्रस र रेडक्रशकर्मीहरु सदैव परोपकारी ढंगवाट अघि बढि रहन बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले आग्रह गर्नु भएको छ। नेपाल रेडक्रस सोसाइटी नवलपरासी शाखाको छैठौं वार्षिक जिल्ला सभामा बोल्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । नेपाल रेडक्रस सोसाइटी बर्दघाट उप–शाखाको आतिथ्यतामा बर्दघाटमा भएको सभामा बोल्दै रेडक्रशले जिल्लाका सबै पालिकाहरुसंग सहकार्य गरेर जिल्ला लगाएत अन्य स्थानहरुमा भैपरि आउने आपत विपतका घट्नाहरुमा जिल्ला रेडक्रस क्रियाशील भएर काम गनु पर्ने उहाँको भनाई रहेको थियो ।
जिल्ला शाखा सभापति राजेन्द्रप्रसाद अग्रहरीको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रामग्राम नगर प्रमुख धनपत यादवले जिल्लामा रेडक्रसका उपशाखाहरु धेरैहुँदा भौतिक तथा आर्थिक ब्यवस्थापनमा समस्या देखिएकाले पायक पर्ने स्थानका उपशाखाहरुलाई मर्चगरी सेवालाई थप प्रभवकारी बनाउन आग्रह गर्नु भएको थियो ।
त्यसैगरी नेपाल रेडक्रश सोसाईटी लुम्बिनी प्रदेश शाखा अध्यक्ष लालप्रसाद पंगेनीले नवलपरासी जिल्ला शाखाले गरेका कार्यहरु प्रशंसनिय रहेको बताउनु भएको थियो । उहाँले बर्दघाट उप–शाखाबाट प्रदेशले आर्थिक मितब्यी र भौतिक संरचनाको दिगो आम्दानीको बाटोलाई सिक्नु पर्ने उपलब्धीका रुपमा आफुले लिएको बताउनु भयो ।
बर्दघाट उप–शाखाका सभापति नारायण अधिकारीको धन्यवाद ज्ञापन र धनन्जय पौडेलको सञ्चालन रहेको कार्यक्रममा जिल्ला शाखा सभापति अग्रहरीले वार्षिक प्रतिवेदन,मन्त्री ऋषिराम सुवेदीले वार्षिक सांगठनीक प्रतिवेदन र कोषाध्यक्ष रामकुमार गुप्ताले आर्थिक प्रतिवेदन पेशगर्नु भएको थियो ।
जिल्ला सभापति अग्रहरीले पेशगरेको प्रतिवेदनमा रेडक्रसको संस्थागत हित र मानवीय सेवामा जिल्ला शाखा निरन्तर सक्रिय रहेको , जिल्लावासीलाई निःशुल्क रगत उपलब्ध गराउन जिल्लाका सातै स्थानीय तहसँग सहकार्य गरिरहेको, जिल्ला शाखाको आर्थिक वृद्धि र स्थानीय सरकार संलग्नता रहने उद्देश्यसहित सात वटै स्थानीय सरकारलाई संस्थागत सदस्यता प्रदान गरिएको, रामग्राम नगरपालिकाको सहयोगमा निर्माण गरिएको गोदाम घरमा तल्ला थप्ने कार्य भईरहेको, सभाहल निर्माणका लागि तीनै तहका सरकारसँग आवश्यक पहल भईरहेको उल्लेख गरीएको छ ।
त्यसैगरी रक्त सञ्चार सेवा केन्द्रमा सेतो रगत बनाउका लागि आवश्यक उपकरण जडान गर्नका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिएको, रेडक्रसको केन्द्रसँगको समन्वयमा स्वस्थ्य तथा जलवायु परिवर्तनको क्षेत्रमा सुधारका लागि परियोजना सञ्चालन हुने तयारीमा रहेको समेत अग्रहरीले आफुनो प्रतिवेदनमा उल्लेख गर्नु भएको छ ।
यस्तै जिल्ला शाखाका मन्त्री सुवेदीको प्रतिवेदनमा पश्चिम नवलपरासीमा हालसम्म १६ वटा उपशाखा र रेडक्रसका आजिवन सदस्य पाँच हजार ६ सय६४ जना रहेको, विशिष्ट सदस्य ५३ जना र यशस्कर सदस्य तीन जना गरि कूल पाँच हजार ७२० सदस्य रहको आफ्नो प्रतिवेदनमा उल्ल्ेख गर्नु भएको छ भने जिल्ला शाखाबाट एक वर्षको अवधिमा गरिएका विभिन्न क्रियाकलाप, जुनियर युवा रेडक्रस गतिविधि, सेवामूलक गतिविधि, एम्बुलेन्स सेवा, रक्तसञ्चार सेवा, सामाजिक विकासका कार्यक्रम लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
जिल्ला सभामा रेडक्रस कशिया उपशाखाका निवर्तमान सभापति फुल्लन गिरी, बर्दघाट उपशाखाका सभापति नारायणप्रसाद अधिकारी, सुनवल उपशाखाका सभापति गोपाल प्रसाद शर्मा र रामग्राम नगरपालिकाका मेयर धनपत यादवलाई सम्मान गरिएको थियो ।