कृष्ण ढकाल
बर्दघाट, फागुन–२
बर्दघाट नगरका सामुदायिक बिद्यालयहरुमा जनप्रतिनिधि ,शिक्षक कर्मचारी एवं आम जनताले आफ्ना सम्पुर्ण बालबालिका पढाउदा गर्बगर्ने वाताबरण सृजना गर्नेगरी नगरपलिका लागिपरेको नगर प्रमुख शम्भुलला श्रेष्ठले बताउनु भएको छ ।
बर्दघाट–५,पालाडाडामा रहेको शान्ति निकुन्ज रेवती गौमाता गौतम मा.बि.को ४३ औं बार्षिकोत्सब तथा अभिभाबक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । नगरपालिकाले प्रबिधिमैत्री शिक्षामा जोड दिने गरी बजेट बृद्धि गर्दै जाने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष असोक बरालको अध्यक्षता र नगर प्रमुख श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थीले सबैको साथले सामुदायिक विद्यालय सुधार्न सकिने बताउनु भएको थियो । उहाँले नगरले अघिसारेका शैक्षिक नितिहरुको प्रर्ण कार्यान्वयन गर्न सकेमात्र पनि विद्यालयहरुले राम्रो नतिजा हाँसिल गर्न सक्ने धारण राख्नु भएको थियो। पन्थीले बिद्यालयका पछिल्ला गतिबिधिप्रति आफु सन्तुष्ट रहेको बताउदै बिद्यार्थी कल्याण कोषको स्थापना गरेकोमा खुशी ब्यक्त गर्दै यसका लागि कार्यविधि बनाएर अघिबढ्न सुझाव दिनु भएको थियो ।
त्यसै गरि सोहि कार्यक्रममा बोल्दै बर्दघाट वडा नं.५ की वडाध्यक्ष बिमला गुरुङले बिधयालयको भौतिक र शैक्षिक गुणस्तरमा वडा सधैं साथमा रहने प्रतिवद्धता जाहेर गर्नु भएको थियो।
सामुदायिक बिद्यालय महासंघका जिल्ला संयाेजक एवं दाउन्ने लेबि मा.बि.का बि.व्य.स.अध्यक्ष रमेश बस्यालले सामुदायिक बिद्यालयहरु एकजुट भई गुणस्तरीय शिक्षा निर्माणमा जुट्नुपर्ने र अभिभाबक हरु बालबच्चाको शिक्षा प्रति सचेत रहनु पर्नेमा जोड दिनु भएको थियो।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष असोक बरालले बिद्यालय सबैसंग सहकार्य गर्दै अघि बढेको र आगामी केहि बर्षमा नगरकै पहिचान बोकेको नमुना विद्यालयको रुपमा स्थापित गर्न लागि परेको बताउनु भएको थियो ।
प्लस टू इन्चार्ज शिव प्रसाद शर्मा र आधारभूत तह इन्चार्ज रमेश कुमार शर्माको सञ्चालन तथा बिद्यालयका साहायक प्र.अ रमेश लम्सालको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा विद्यालयको योजना आय व्यय तथा बार्षिक प्रतिबेदन प्र.अ.बिनोद खनालले गर्नु भएको थियो ।
प्रस्तुत प्रतिवेदनमा विद्यालयले आफ्नै वेभसाइर्ट निर्माण गरि विद्यालयको असल प्रयासहरु र बाल प्रतिभाहरु उजागर गर्ने ,बिद्यार्थी कल्याण कोष मार्फत लक्षित बिध्यार्थिलाई आवश्यक सहयोग गर्ने, शिक्षक तालिम मार्फत शिक्क्षक को क्षमता अभिबृद्धि गर्ने,पढ्दै कमाउदै कार्यक्रम लाई थप प्रभाबकारी बनाउने ,विद्यालयको भोग चलनमा रहेको जग्गाको उपयोग गर्ने ,विद्यार्थीको लागि बितिय साक्षरता कार्यक्रम र जिबनोपयोगी शिक्षालाई थप प्रभावकारी बनाउने ,हरेक विद्यार्थीमा भएका अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउन आवश्यक योजना र कार्यक्रम संचालन गर्ने सम्मका कुराहरु समेटिएका थिए ।
कार्यक्रममा ,वडा सदस्यहरु ,समाजसेबी ,बुद्धिजिबी शिक्षाप्रेमी,सामुदायिक तथा संस्थागत बिद्यालयका प्र.अ. ,विभिन्न संघ संथाका प्रतिनिधिहरु एवं अभिभाबक हरुको उल्लेख्य उपस्थिति रहेको थियो भने पुरुस्कार वितरण कार्यक्रम ,बिद्यार्थीहरुका बाल प्रतिभाहरु घाटु नाच, इश्लाम धर्मको संस्कृति झल्कने नाच ,विभिन्न जात जातिहरुको पहिचान झल्कने बिद्यार्थीबाट cultural fashion show ,जनचेतनामुलक नाटक, बाल नृत्यहरु ,झुमरा नृत्य food festival अन्तर्गत सेलरोटी ,ढीकरी,सेवई,पकौडा ,बटुक ,चित्रकला प्रदर्शनी आदि समाबेश रहेका थिए ।
त्यस्तै बिद्यालयबाट अन्य बिद्यालयमा जिम्मेवारी समाल्न गएका शिक्षकबिजय रत्न पराजुली,बल बहादुर थापा,शुष्मा गौतम ,अनिल हरिजन र तिलक आचार्यलाई र बिद्यालयमा सरस्वती मन्दिर निर्माणमा सहयोग गर्नुहुने चन्दादातालाई सम्मान गरिएको थियो ।