Sarawal sit lahar Notis

शैक्षिक गुणस्तरमा प्रतिष्प्रर्धा गर्न नसके अब संस्थागत विद्यालयहरु टिक्न गार्हो

जिसन नवलपरासीको २१औं वार्षिक साधारण सभा सम्पन्न

64

कृष्ण ढकाल
देवदह,माघ –२५

संस्थागत विद्यालयहरुले शैक्षिक गुणस्तरमा प्रतिष्प्रर्धा गर्न नसके अब संस्थागत विद्यालयहरु टिक्न नसक्ने भएकाले सबै विद्यालयहरुले शिक्षाको थपगुणस्तर सुधार गर्नतर्फ लाग्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

आज रुपन्देहीको देवदह स्थित गौतमबुद्ध पार्कमा भएको शैक्षिक एक्यवद्धताको समूह नेपाल जिसन नवलपरासीको २१ औं वार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले उक्तकुरा बताएका हुन । उनीहरुले संस्थागत विद्यालयहरुको दिगोपनाका लागि शैक्षिक गुणस्तर थपअभिवृद्धि गर्ने कार्यमा सबैएक हुनुको अर्काे विकल्प नरहेको बताएका थिए ।

सामुदायिक विद्यालयहरुले भन्दा संस्थागत विद्यालयहरु उत्कृष्ट शैक्षिक नतिजा दिदा पनि सरकारले संस्थागत विद्यालयहरुलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै गुनासो गरेका थिए ।
वार्षीक साधारण सभामा जिसनमामा आवद्ध संस्थागत विद्यालयका प्रमुख तथा प्रिन्सिपलहरुसंग संगै प्रथमलेडिहरुको समेत सहभागिता रहेको थियो ।
जिसन नवलपरासी अध्यक्ष डम्बरबहादुर गुरुङको अध्यक्षता र जिसन नवलपरासीका प्रमुख सल्लाहकार सन्तोष रौनियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिसनका सल्लाहकार यम बाहादुर थापा, ईन्द्र गुरुङ्ग लगाएतले बोल्नु भएको थियो ।

जिसनको २१औं वार्षिक साधारण सभामा संस्थाका सचिव यज्ञ प्रसाद न्यौपानेले पेश गर्नु भएको संस्थागत प्रगति प्रतिवेदन,कोषाध्यक्ष कृष्ण प्रसाद शर्माले पेश गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
जिसनका बरिष्ठ उपाध्यक्ष थमन सेरचनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन सचीव यज्ञ प्रसाद न्यौपानेले गर्नु भयको थियो।