Sarawal sit lahar Notis

साहसी खेल प्रेमीका लागि बर्दघाट २ चिसापानीमा ‘ सुसुकी स्केटिङ पार्क’ खुल्दै

65

कृष्ण ढकाल
बर्दघाट,माघ १४

विश्वमै लोकप्रिय खेलका रूपमा रहेको स्केटिङ अब नवलपरासीको बर्दघाट २ चिसापानीमा पनि सञ्चालन हुने भएको छ । बर्दघाट २ चिसापानीमा रहेको दिब्य ज्योती माबिको उत्तर साईटमा ‘ सुसुकी स्केटिङ पार्क’ सञ्चालनका लागि तयारी अन्तीम चरणमा पुगेको संचालक चाँदनी श्रेष्ठले बताउनु भएको छ।

साहसी खेल प्रेमीका लागि लक्षित गर्दै सञ्चालन गर्न लागिएको स्केटिङ पार्कमा बालबालिकादेखि प्रौढसम्मका सबैले खेल्न मिल्ने यो खेलबाट मनोरञ्जन साथै शारीरिक र मानसिक पनि राम्रो हुने भएकाले ‘ सुसुकी स्केटिङ पार्क’ सबैको रोजाईमा पर्न सक्नेमा आफु विश्वस्त रहेको सञ्चालक चाँदनी श्रेष्ठले बताउनु भएको छ ।

खेलमा रुचि राख्ने र यसैलाई करिअर बनाउन चाहनेहरुका लागि निक्कै फलदायि रहने छ । ट्रेनर सँगै सुरक्षाका लागि हेलमेट, सेफ्टी गार्ड, नि गार्ड लगायतका सामग्री सहित सञ्चालन गर्ने गरी निमार्णको तयारी अन्तीम चरणमा पुगेको सञ्चालक श्रेष्ठले बताउनु भएको छ ।

पछिल्लो समय स्केटिङमा किशोरकिशोरी तथा युवायुवतीको आकर्षण बढ्दो रहेको र सोहीलाई मध्यनजर गर्दै ब्यवसायिक दृष्टिकोणले समेत राम्रो हुने संभावना देखेर स्केिटङ पार्क सञ्चालनमा ल्याएको सञ्चालक श्रेष्ठको भनाई छ ।
स्केटिङ गर्न प्रतिघण्टा १ सय ५० रुपैयाँ र थप गर्न प्रति घण्टा १ सय रुपैयाँ कायम गर्ने तयारी गरीएको छ भने खेलमा सहभागि हुनका लागि ६ वर्ष भन्दा तलका बालबालिकालाई अभिभावक साथमा आउनुपर्ने र ८ वर्ष भन्दा माथिका सबैले आफ्नो सुरक्षाको आफै ख्याल गर्दै खेलमा सहभागि हुन पाउने छन ।