Sarawal sit lahar Notis

ईफेक्टिभ पब्लिक स्पिकिङ्ग एण्ड लिडरसिप डेभलोप्मेन्ट तालीम  सम्पन्न

62

 

कृष्ण ढकाल

बर्दघाट,माघ १३

लायन्स ईन्टरनेशनल डिष्टक ३२५ पि. नेपाल जोन १९ को आयोजनामा ईफेक्टिभ पब्लिक स्पिकिङ्ग एण्ड लिडरसिप डेभलपमेन्ट तालीम  सम्पन्न भएको छ।

लायनस क्लब अफ नवलपरासी दाउन्नेको समन्वय र लायन्स लिडरसिप एकेडेमीको सहयोगमा भएको उक्त तालिममा चारवटा कल्बका २७ जना मेम्वरहरुको सहभागिता रहेका थियो ।

लायनस क्लब अफ नवलपरासी दाउन्ने,लायनस क्लब अफ नवलपरासी बर्दघाट,लायनस क्लब अफ नवलपरासी गोपिगञ्ज र लायनस क्लब अफ नवलपरासी रामनगर भूमहिका सहभागिहरुलाई प्रध्यापक गोपाल प्रसाद पाण्डे र डा. शान्ता शर्माले प्रशिक्षण गर्नु भएको थियो ।

जोन १९ का अध्यक्ष तिलकराम खनालको अध्यक्षता र डिस्टिक गभर्नर अर्जुनमान सैजुको प्रमुख आतिथ्यतामा भएको तालीम समापन कार्यक्रममा लायनस क्लब अफ नवलपरासी दाउन्नेका अध्यक्ष्ँ रमेशकुमार श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा पुरुषोत्तम भक्त प्रद्यानाङ्ग, बलराम भट्टराई, दिनेश श्रेष्ठ,अनिल श्रेष्ठ,युवराज डुम्रे,विनोद सुवेदी,सागर पाण्डे,शिवकुमारी भट्टराई लगाएतको उपस्थिती रहेको थियो ।

लायनस क्लब अफ नवलपरासी दाउन्नेका सचिव अर्जुन पौडेलको सञ्चालन र सन्देश भण्डारीको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।