कृष्ण ढकाल
बर्दघाट,माघ ७
गत दुई दिनदेखि अत्याधिक चिसो बढेसंगै पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले तीन दिनका लागि नगरका सबै बिद्यालयहरुको पठन पाठन वन्द गरेको छ । चिसोका कारणले बालबालिकाहरुको स्वास्थ्यमा असर पर्नसक्ने खतरा भएकाले विद्यालय बन्द गरीएको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।
सरकारले तोकेको शैक्षिक क्यालेन्डर अनुसारको विदा मध्येवाट बचेको ५ दिनवाट कट्ने गरी अहिलेको तीन दिन जाडो विदा गरीएको बर्दघाट नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनु भएको छ ।
सरकारले तयगरेको बर्षको ५० दिन विद्यालयमा भैपरि आउने विदा मध्ये अब बर्दघाट नगरपालिकामा २ दिन मात्र बाँकी रहेको पन्थीले बताउनु भयो । विदा माघ ७,८ र ९ गते हुने र १० गते बुधवार विद्यालय नियमित रुपमा नै सञ्चालन हुने बताईएको छ ।