कृष्ण ढकाल
बर्दघाट,माघ ५
युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्नका लागि सरकारले नयाँ निति ल्याउनु पर्ने आवश्यकता रहेको प्रतिनिधि सभा सदस्य सरिता भुषालले बताउनु भएको छ ।
बर्दघाट उधोग वाणीज्य संघको तेस्रो अधिवेशनवाट निर्वाचीत कार्यसमितिको पदस्थापन पश्चात भएको कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य भुषालले उक्त कुरा बताउनु भएको हो ।
देशमा रोजगारीको ग्यारेन्टी नहुने र भएका उद्योग ब्यवापार तथा ब्यवसायहरु पनि बैंकको चर्काे ऋणका कारण धरासायी भएकाले युवा स्वरोजगार मुखि निति ल्याउनु पर्ने आवश्यकता रहेको प्रतिनिधि सभा सदस्य भुषालको भनाई रहेको थियो ।
अहिले देशमा आर्थिक मन्दी लागेसंगै उद्योगी तथा ब्यापारीहरुलाई समस्या सृजना भएकाले त्यसको असर सर्बसाधरणमा समेत पर्न गएको बताउदै सरकारले उद्योगी तथा ब्यापारीहरुलाई सस्तोमा ऋण दिने ब्यवस्था मिलाउन जरुरी रहेको उहाँको भनाई रहेको थियो ।
बर्दघाट नगर ब्यवसायिक संभावना रहेको भएपनि स्थानिय सरकारको उचीत निति नहुँदा सम्म उद्योगी ब्यवसायिहरु स्थापित हुन नसक्ने र नगर पनि समृद्ध बन्न नसक्ने भुषालले बताउनु भएको थियो ।
बर्दघाट उधोग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता र प्रतिनिधि सभा सदस्य सरिता भुषालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठक,नेपाल उधोग वाणीज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारी,नेकपा एमाले बर्दघाट नगर कमिटि अध्यक्ष रविन्द्र बिक्रम हमाल,नेपाली काँन्ग्रेसका नगर सभापति दामोदर जि.सी. लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नवनिर्वाचीत कार्यसमितिलाई बर्दघाट नगरका उद्योगी तथा ब्यवसायीहरुको पक्षमा रहेर काम गर्न सुझाव दिएका थिए ।
त्यसैगरी उद्योगी तथा ब्यवसायीहरु बेला बेलामा दोहोरो करको समस्यामा पर्ने गरेको र संघले सञ्चालन गर्ने ब्यापार मेला प्रति असन्टुस्टि जाहेर गर्ने गरेको तर्फ ईन्कित गर्दै सबैको राय सुझाबका आधारमा अघि बढ्न कार्यसमितिलाई आग्रह समेत गरेका थिए ।