sunwal

भेली उद्योगीहरुद्धारा पान बिलको आधारमा कारोबार गर्न पाउनुपर्ने माग

65

परासी २५ पुस
पश्चिम नवलपरासीका भेली उद्योगीहरुले पान बिलको आधारमा कारोबार गर्न पाउनुपर्ने माग गरेका छन । उनीहरुले उखुबाट उत्पादन गरेको भेली बजारमा बिक्री गर्दा पान बिलको आधारमा बिक्री गर्न पाउनुपर्ने माग गरेका हुन ।

बुधबार निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटालाई भेली उत्पादक समिती नवलपरासी पश्चिमले ज्ञापनपत्र बुझाउदै पान बिलको आधारमा भेली बिक्री र कारोबार गर्न पाउनुपर्ने बतावरण मिलाई दिन आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझाउदै भेली उत्पादक समितीका अध्यक्ष ओमप्रकाश जयसवालले भेली उद्योगबाट उत्पादित भेलीलाई बजारमा बिक्री गर्न लैजादाँ राजश्व अनुसन्धान कार्यालयले भ्याट जानुपर्ने भन्दै रोक लागाएको बताए । उनले राजश्व अनुसन्धान कार्यालयले भ्याटको बहानमा भेली बिक्रीमा रोक लगाउदाँ भेली उद्योगीहरु मर्कामा परेको बताए । रोक लगाउदाँ बजारमा प्रतिष्पर्धा गर्न गाह्रो र व्यवासयहरु बन्द हुने आवस्थामा पुगेको जयसवालको भनाई छ ।

आर्थिक बर्ष साउनदेखी साउनसम्म जुन कर लाग्ने कार कार्यालयमा गई कर ५० लाख तिरेको र उता राजश्व अनुसान्धान कार्यालयले यसलाई आर्थिक बर्ष नमाने भन्दै भ्याटमा जानुपर्छ भनि भेली बिक्रीमा रोक लागाएको जयसवालले बताए ।तीन महिना देखी चार महिना मात्र भेली उद्योग चल्ने गदै आएको बताए ।

घरेलु तथा साना उद्योगमा दर्ता गरी कर कार्यालयमा अन्त शुल्क र पान नम्बर लिई भेली उद्योग संचालन गर्न दिएको अनुमति अनुसार उद्योग संभालन गदै आएको र कर कार्यालयले पान नम्बरमा ५० लाख सम्म कारोबार गर्न पाउन अनुमति दिदाँ समेत राजश्व अनुसान्धान कार्यालयले भ्याटमा जानुपर्ने भनि भेली बिक्रीमा रोक लगाउदाँ भेली उद्योगीहरुलाई आनवश्य दुख दिएको र उद्योग बन्द गर्ने आवस्था पुगेको व्यावसया सकंटमा परेको भेली उत्पादक समितीका सचिव संजित शर्मालले जानकारी दिए ।

अरु जिल्लाका भेली उद्योगीहरुले पान बिल कारोबार गरिहेको भन्दै हाम्रो जिल्लामा पनि पान बिलमा कारोबार गर्न पाउनुपर्ने व्यवस्था मिलाईदिन ज्ञापनपत्रमा उल्लेख गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले ज्ञापनपत्र बुझादै किसान र सम्बन्धित निकायलाई बोलाई यस बिषयमा छलफल गरी निकास निकाल्ने बताए ।

जिल्लामा ८० वटा बिधिवत रुपमा दर्ता भई भेली उद्योग संचालन रहेको छ भने सुस्तापारीमा २३ वटा भेली उद्योगहरु रहेको भेली उत्पादक समितीले जनाएको छ ।