कृष्ण ढकाल
बर्दघाट,पौष–५
बर्दघाट नगरपालिकाले ऐतिहासिक बुद्धमंगल तालको प्रचार–प्रसारका लागि नयाँ तरीका अपनाएको छ । विश्वमा रहेका कुनै पनि मानिसले रमनोरञ्जन लिदै बुद्धमंगलको बारेमा जानकारी लिनेगरी गितका माध्यामले प्रचार(प्रसार लाई अगाडी बढाएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको बुद्ध मंगल तालको प्रचारमा नगरले गायककार बिन खातीलाई गित लेखन र गायन गराउदै छायांकन गरी सोही स्थलमा लगेर गितको रिलिज गरेको छ । बुद्धमङ्गल तालको पर्यटकीय प्रवर्द्धनका लागि निर्माण गरिएको गीत स्थानीयहरुको उपस्तिथितिमा नगर प्रमुख शम्भुलाल श्रेष्ठद्धारा सार्वजनिक गरिएको छ ।
गौतम बुद्धले परापुर्वकालमा बुद्धमंगलतालमा आई पानी खाएको र बसोबास गरेको ईतिहास रहेकाले नगरपालिकाले यसको बिकास,प्रवर्द्धन र प्रचार प्रसारमा जुटेको जनाएको छ । सङ्गितका माध्यमबाट विश्व सामु प्रचार प्रसार गर्ने हेतुले लोक गीत निर्माण गरिएको नगरप्रुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । उहाँले बौद्धकालिन एैहासिक सम्पदालाई बौद्ध सर्किटसँग जोड्ने गरि सरोकारवाला र सम्बन्धित निकायसँग छलफल र प्रयास भैरहेको बताउनु भयो । ूगरभित्र रहेका बनदेवी मन्दिर,सिमसार,सन्सारकोट जस्ता धार्मिक पर्यटकिय स्थलको बिकासका लागि पनि नगरले संघ र प्रदेस सरकारसँग बजेट माग गरिएको नगर प्रमुख श्रेष्ठले बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख रुद्रप्रकास उपाध्यायले सेवामुलक क्षेत्रमा स्वास्थ्य र शिक्षा त्यसैगरी कृषी र पर्यटनलाई समेत प्राथमिकतामा राखेर सोही अनुरुपका योजना तयार गरिएको बताउनु भयो ।
कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर १२ का अध्यक्ष उमा शंकर चौधरी,बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपती घनश्याम परिश्रमी लगायतले बोल्दै बुद्धमङ्गल तालको पुरातात्त्विक महत्व झल्किने र आम नागरिकलाई यसका बारेमा जागरुक र जानकारी गराईनु पर्नेमा जोड दिनुभयो ।
बर्दघाट नगरपालिकाले ताल सरसफाईका लागि अघिल्लो आर्थिक बर्षमा रु २५ लाख बिनियोजन गरेको थियो भने चालु आर्थिक बर्षमा तालको सुरक्षाका निम्ति कम्पान्ड वालका लागि रु ३५ लाख रुपैयाँ बिनियोजन गरेको छ । तालमा आउने पर्यटकका लागि बोटिङको ब्यवस्थापन समेत गरेको छ ।
बुद्धमङगल ताल सम्बन्धि निर्माण गरिएको उक्त गितमा गायिका राधिका हमाल र बिन खातिको स्वर रहेको छ भने शब्द संकलन समेत बिन खातिकै रहेको छ । बुद्धमंगल तालका बारेमा केन्द्रित रहेर तयार गरीएको उक्त गीत सामाजिक संजाल र युट्युब च्यानल मार्फत सार्वजनिक गरिने जनाईएको छ ।