Sarawal sit lahar Notis

उपभोक्तालाई बिक्रीगर्ने वन पैदवारमा २५ प्रतिशत कर लगाउने निति गलत छ ः प्रदेश सभासदस्य पाठक

106

कृष्ण ढकाल
बर्दघाट,पुष–१

सामुदायिक वनहरुले आफ्ना उपभोक्तालाई बिक्री गर्ने वन पैदवारमा सरकारले २५ प्रतिशत कर लगाउने निति गलत रहेकाले त्यसलाई सच्याएर लैजान जरुरी रहेको लुम्बिनी प्रदेशका प्रदेश सभासदस्य बिस्वप्रेम पाठकले
बताउनु भएको छ ।
बर्दघाट नगरपालिका वडानं.१० मा रहेको संरकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहको २०औं वार्षिक साधारण सभामा बोल्दै लुम्बिनी प्रदेशका सदस्य पाठकले उक्तकुरा बताउनु भएको हो । उहाँले वन पैदावरको निति उपभोक्ता मैत्री नभएको बताउदै वनबन निति उपभोक्ता मैत्री बनाउन सबैले आ–आफ्नो क्ष्ँेत्रवाट पहल गर्नु पर्ने र आफुपनि आफ्नो क्षेत्रवाट लाग्ने प्रतिवध्ता जाहेर गर्नु भएको थियो । वनको सरक्षण र सम्बर्द्धन गर्ने उपभोक्तालाई करको मारमा पार्न नहुने बताउनु भयो । उपभोक्ताले वन र चुरे बचाउनु पर्ने बताउदै प्रदेश सभा सदस्य पाठकले वन र चुरे बचाएनौ भने आज उर्वर रहेका जमिन भोलि मरुभूमिमा परिणत हुने बताउनु भयो ।

संरकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष् कमल पराजुलीको अध्यक्षता र सचिव कमला सुवेदीको सञ्चालन रहेको कार्यक्रममा बोल्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले सामुदायिक वनका गतिविधिहरुलाई उत्पादनसंग जोड्नु पर्ने आजको आवस्यकता रहेको बताउनु भएको थियो ।
नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरपालिकाले सामुदायिक वनसंग मिलेर ५ हजार फलफुलका बोट बिरुवा लगाएको बताउनु भयो । वन भित्र फलफुलको बगैंचानिमार्ण गर्ने देखि बाउन्न घोला सिमसारलाई ब्यवस्थीत गर्ने र सहिद पार्कलाई वनभोज स्थालका रुपमा बिकास गरि आन्तरिक पर्यटनको केन्द्र बिन्दु बनाउने गरी बर्दघाट नगरपालिका अगाडी बढेको बताउनु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख महेन्द्र वाग्लेले बन ऎन अनुसार वनको सरक्षण र सम्बर्द्धन गर्नु पर्ने बताउनु भयो । वन ऎन अनुसार वनले गरेको आम्दानीको कम्तीमा २५ प्रतिशत वन बिकास र बाकी रहेकोमा १०० प्रतिशत मानेर ५० प्रतिशत महिला र रोजगारी सिर्जना र कार्य सक्षमता बिकास र बाकी ५० प्रतिशत स्थानीय तहसंग मिलेर विभिन्न योजनाहरु बनाउन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा बैज्ञानिक वन महासङ्ग लुम्बिनी प्रदेशका महासचिव होम बहादुर गुरुङ्ग,बैज्ञानिक वन व्यवस्थापन समुह नवलपरासीका जिल्ला अध्यक्ष यज्ञ प्रसाद पाण्डेय ,बर्दघाट वडा नम्बर १० वडा अध्यक्ष राजु मिश्र, बर्दघाट सरावल सबडिभिजन कार्यालयका प्रमुख रबिन्द्र चौधरी, समुहका सल्लाहकार बालिन्द्र बिक्रम शाही, नेपाल रेडक्रम सोसाइटी पन्चनगर उपशाखाकि अध्यक्ष बिजुला जोशी, समाज सेवी यज्ञ खनाल लगाएतले आ–आफ्ना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा समुहका अध्यक्ष कमल प्रसाद पराजुलीले एक करोड ४ लाख रुपैयाँ बराबरको बार्षिक कार्ययोजना सहितको प्रतिबेदन पेस गर्नु भएको थियो । अध्यक्ष पराजुलीको योजनामा समुहले सास्कृतिक तथा जनचेतना मुलक कार्यक्रम लगाएत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई ड्रेस र स्टेसनरी उपलब्ध बनाइएको र वनको कार्ययोजना र नक्सा भित्र रहेको सिमसार र सहिद पार्कलाई थप आकर्षक बनाउदै अगाडि बढ्ने जानकारी गराईएको थियो।

कार्यक्रममा सचिबको प्रतिवेदन कमला सुवेदी ले र कोषाध्यक्ष्ँको प्रतिवेदन कोषाध्यक्ष अर्जुन कुमार मल्लले, लेखा समितिको प्रतिवेदन लेखा समिती सयोजक शंकर प्रसाद पाण्डेयले प्रस्तुत गर्नु भएको थियो ।