Holi asnjal makar GURU

बालिकालाई निर्घात कुटपिट गर्ने शिक्षकलाई प्रहरीले पक्राउगरी मुद्धा चलायो

99

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२०

नवलपरासीको सरावल गाउँपालिका वडा नं.–७,बर्गदवामा रहेको बर्दघाटे कालिका ईङ्गलिस बोर्डिङ्ग स्कुलमा अध्ययनरत बालिकालाई निर्घात कुटपिट गर्ने शिक्षक निरञ्जन यादवलाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ ।

अभिभावकको जाहेरीका आधारमा यादवलाई उनकै निवासबाट नियन्त्रणमा लिईएर मुद्धा दायर गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

बर्दघाटे कालिका ईङ्गलिस बोर्डिङ्ग स्कुलका सहायक प्रिन्सिपल समेत रहेका यादवले कक्षा एकमा अध्ययनरत ९ वर्षिया कञ्चना राजभरलाई घरबाट पिटेर स्कुल ल्याएको र पछि स्कुलमा लगेर शरिरभरी निलडाम हुनेगरी मरणाशन्य कुटेको अभिभावकले बताएका छन ।

घटना पछि विद्यालयमा वडा अध्यक्ष हायात खाँ धुनियाँ सहित स्थानियको टोली गएर तालाबन्दी गरीदिएका छन । कुटपिट गर्ने निरञ्जन यादव बर्दघाटे कालिका ईङ्गलिस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल जितेन्द्र कुमारको भाई रहेको बताईएको छ ।