sunwal

बर्दघाट खानेपानीले गर्याे राजमार्ग आसपासका घरका धाराहरुको अनुगमन

73

बर्दघाट, कार्तिक १९
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पूर्वपश्चिम राजमार्ग आसपासका घरका धाराहरुको सरसफाई र चुवावटको अवस्थाको अनुगमन निरिक्षण गरेको छ । कार्यसमिति, सुरक्षा समिति, लेखा समिति र कर्मचारी सहितको टोलीले अनुगमन निरिक्षण संगै उपभोक्ताहरुकाट सुझाव संकलन गरेको अध्यक्ष दिपक लम्सालले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा २० वटा धारामा गेटभल्व बाट पानी चुवावट भएको पाईएकोले उपभोक्ताहरुलाई सचेत गराई तत्काल मर्मत गर्न पठाईएको छ । उपभोक्ताहरुले अनुगमनाका लागि घर घरमै आएकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा निरन्तरता दिनका लागी आग्रह गरेका थिए । पानीमा देखीने सेतोपना र मर्मत गर्नुपर्दा पाईपको गहिराई बढि भएको बाहेक कुनै समस्या नरहेको उपभोक्ताहरुको भनाई छ ।

बर्दघाट खानेपानीले मुहान देखी उपभोक्ताको मुख सम्म स्वच्छ र शुद्ध पानी पु¥याउनका लागि सुरक्षा योजना मार्फत विभिन्न कार्यहरु गर्दै आईरहेको छ । संस्थाले वितरण गरेको पानी शुद्ध भए पनि उपभोक्ताको धारामा हुने सरसफाईको अवस्था र प्रयोग गर्ने भाँडाकै कारण पानी प्रदुषित हुन सक्ने भएकोले त्यस तर्फ उपभोक्ता आफै सचेत हुन संस्थाका उपाध्यक्ष तथा सुरक्षा योजनाका संयोजक कमल थापाले बताउनुभयो ।

बर्दघाट देखी बाढिपिडित जाने वाटोमा विसयघोला पुल निर्माण कार्य सुरु भएकोले खानेपानीको पाईपलाईन सार्नेकार्य भैरहेको ब्यबस्थापक विष्णु भुसालले बताउनुभयो ।