कृष्ण ढकाल
बर्दघाट,असोज –२
बर्दघाट नगरपालिकाले नगरका सबै बिधालयहरुलाई दिवा सत्रमै सञ्चालन गर्नुपर्ने अन्यथा अनुमति खारेजी गरिने व्यहोराको पत्र पठाएसंगै प्याब्सन अदालत जाने भएको छ ।
बर्दघाट नगरले विधालयहरुलाई दिउँसोमा सञ्चालन गर्ने निर्णय कार्यान्वयन नगरेको पाईएकोहुदाँ यथाशिघ्र नगरको निर्णय कार्यान्वयन गर्न निर्देशन गरेको पत्र काटेपछि आज बर्दघाट प्याब्सनले पत्रकार सम्मेलनगरी नगरको निर्णय उल्ङघन गर्ने र संस्था खारेजी प्रक्रियामा अघिढे प्यापब्सन अदालत जाने ताएको छ ।
बर्दघाट नगर प्याब्सनका अध्यक्ष सञ्जय ढुङ्गानाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ढुंगानाले संस्थागत विधालयको अनुमति खारेजी गरिने व्यहोराको पत्र पठाई विद्यालयहरुको योगदानको अवमुल्यन गर्ने कार्य गरेको बताउनुभयो ।
देशकै केन्द्र बिन्दु काठमाडौं, पोखरा, नारायणगढ, बुटवल लगायत देशैभरी बिहानी सत्रमा कक्षा ११ र १२ सञ्चालन भइरहेको भन्दै तत्काललाई बर्दघाट नगरका संस्थागत विद्यालयहरुमा दिवा सत्र सञ्चालन गर्न व्यवहारीक कठिनाई रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
प्याब्सनका केन्द्रिय सदस्य सान्तोष अधिकारीले दिवासत्रमा कक्षा सञ्चालन गर्दा अभिभावक र बिधार्थीहरुलाई आर्थिक भारबढी पर्ने देखि बिद्यार्थीहरु बुटवल जानुपर्ने र समय समेत बर्बाद हुने बताउनु भएको थियो ।
त्यसैगरी प्याब्सन नवलपरासीका निर्वतमान अध्यक्ष ईन्द्रगुरुङले नगरले पटक पटक भनेको पाठ्यभार समय पु¥याउन आफुहरु तयार रहेको बताउनु भएको थियो ।
उहाँले पुर्वाधार पुरा गरेका विद्यालयले तोकिएको पाठ्यभार नघट्ने गरी विद्यार्थी संख्याका आधारमा एकै दिनमा एक भन्दा बढी सिफ्टमा कक्षा सञ्चालन गर्न सक्ने भन्ने व्यवस्था रहेको समेत बताउनु भएको थियो ।