बर्दघाट,भदौ–१४
कृष्ण ढकाल
बर्दघाट नगरपालिका वडा नं. ९ मा रहेको राजा महात्मा पूर्णभद्र माबिका प्रद्यानाध्यापकलाई नगरले सात दिनको समय तोकेर स्पस्टिकरण सोधेको छ ।
गतभदौ ३ गते विद्यालयमा हाजिर गरी विद्यालय र शैक्षिक क्रियाकलाप बाहेक अन्यत्र जानु भई विद्यालय सञ्चालनमा समेत अप्ठेरो हुन गएको सुचना प्राप्त भएको भन्दै बर्दघाट नगरको शिक्षा,युवा तथा खेलकुद शाखाले ७ दिनको समय अवधि तोकेर प्र.अ.सँग स्पस्टिकरण सोधेको छ ।
भदौ ८ गते काटेको पत्रको मिति अनुसार शुक्रवार १५ गते सम्ममा प्र.अले स्पस्टिकरण दिई सक्नु पर्ने छ । प्र.अ. भदौ ३ गते विद्यालय छोडेर नेकपा माओवादीको कार्यक्रममा सहभागि हुन जानु भएको थियो भने सोहि दिन यता विद्यालयका केहि अभिभावकहरुले विद्यालयको प्रसाशन कक्षमा ताला लगाएका थिए ।