sunwal

एस.ई.ई. परिक्षामा न्यू लाइफ माबि बर्दघाटका सोयम पाण्डेले फोर जिपिए ल्याए ।

201

कृष्ण ढकाल
बर्दघाट,असार–२२
२०७९ सालको एस.ई.ई. परिक्षामा न्यू लाइफ माबि बर्दघाटमा अध्ययन्रत सोयम पाण्डेले फोर जिपिए ल्याएका छन । पाण्डेले प्राप्तगरेको अंक लुम्बिनी प्रदेशमै सबै भन्दा बढी अर्थात उत्कृष्ट अंक रहेको विद्यालयले दावि गरेको छ ।
लुम्बिनी प्रदेशमै उत्कृष्ट नजिता ल्याउन सफल भएको भन्दै विद्यालयले आज सोयम पाण्डेसंगै उनका हजुरबाबा तथा बाबालाई समेत सम्मान गरेको छ ।

२०७९ सालको एस.ई.ई. परिक्षामा फोर जिपिए ल्याएका पाण्डेले एस.ई.ई. परिक्षामा मात्र नभै विद्यालय स्तरमा हुने पनि कार्यक्रमहरुमा आफुले सफलता प्राप्त गर्दै विद्यालयको समेत नामराख्न सफल भएकोमा आफ्नो घर परिवार र विद्यालय परिवार प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

त्यसैगरी हजुरवावा डालाराज पाण्डेले आफ्ना तिनै जना नातीनातीनाहरुले समेत न्यूलाईफमा अध्ययन गरेकै कारण नै उत्कृष्ट नतिजा प्राप्त गरेको भन्दै विद्यालयलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।

त्यसैगरी विद्यालयका प्र.अ. सन्तोष अधिकारीले विगतका वर्षहरु देखि नै जिल्लाको नै नाम राख्ने गरी आफ्नो विद्यालयले नतिजा ल्याउने गरेको स्मरण गर्दै त्यसका लागि सबैको साथ र सहयोग रहेको प्रति आभार प्रकट गर्नु भएको थियो ।
त्यसैगरी विद्यालयका म्यानेजिङ्ग डाईरेक्टर डि.बि. अधिकारीले सबैको साथ र सहयोगका कारण शैक्षिकक्षेत्रमा न्यूलाईले छुट्टै पहिचान बनाउन सफल भएको बताउनु भएको थियो । यस बर्ष न्यूलाईवाट ६३ जना विद्यार्थीहरु २०७९ सालको एस.ई.ई. परिक्षामा पासहुन सपल भएक छन ।