बर्दघाट,असार–१८
बर्दघाट नगरपालिकाले आज देखि नगरक्षेत्रका सार्वजनिक स्थलहरुमा फलफुलका विरुवा रोप्ने कार्यको शुरुवाद गरेको छ । यस बर्ष ५ हजार फलफुलका बिरुवा लगाउने उदेश्य लिइएको बर्दघाट नगरले आज बर्दघाट–१० पञ्चनगरमा रहेको संसारकोट हरियाली सामुदायिक वनक्षेत्रको हाता भित्र फलफुलका विरुवा रोप्नेकार्य सुरु गरिएको छ।
विरुवा रोप्ने कार्यको शुरु गरेसंगै बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले पर्यावरणीय सुन्दरता सँगै रुख मानव जिवनका लागि अपरिहार्य रहेको बताँउनु भएको थियो । उहांलेले बढ्दो तापक्रमको न्यूनीकरणका लागि समेत बृक्षारोपण अनिवार्य भएको बताउनु भयो ।
बोटबिरुवा काट्ने मात्र नभई यसको संरक्षणमा समेत उतिकै जोड दिनु दिनपर्ने भन्दै नगरले गरेको प्रयासमा सबैले हातेमालो गर्नु जरुरी रहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । आज रोपिएका विरुवाहरुमा आँप, कटहर, अम्बा लगायतका विरुवाहरु रहेका थिए।
विक्षारोपण कार्यक्रममा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय, वडा नं. ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाई,संसारकोट हरियाली सामुदायिक वनका अध्यक्ष कमल पराजुली, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत स्थानियको सहभागीता रहेको थियो ।
जन्मदिनको अवसरमा फलफूलको बिरुवा रोप्नेकार्य सम्पन्न् ।
बर्दघाट नगरवडा नं. ४,दिब्यनगर निवासी रमेश पान्डेयले आफ्नो जन्मदिनको अवसरमा फलफूलको बिरुवा रोप्नेकार्य सम्पन्न् गर्नु भएको छ । बर्दघाट (४ दिब्यनगर स्थित दिब्य शान्ती युवा क्लबको संयोजनमा १ सय ६० वटा आँप ,अम्बा , सुन कागती, लिची र पामलगायतका जातको बिरुवाहरु सार्वजनिक स्थलमा रोपिएको हो ।
बर्दघाट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा , बर्दघाट(४ का वडाध्यक्ष बेधबिना तिवारी, नव दिब्य ज्योती प्राबिकी प्रधानाध्यापक सरस्वती भट्टराई,क्लबका अध्यक्ष खेम रानालगायत स्थानीय बासिन्दाहरुले उपस्थितीमा विरुवा रोप्नेकार्य गरीएको थियो ।
जन्मदिनको अवसरमा ब्यक्तिगत खर्चमा बृक्षारोपण गर्न १५ हजार रुपैयाँ बराबरको फलफुलका बेर्ना उपलब्ध गराएको पान्डेयले जानकारी दिनुभयो । आफ्नो टोलमा रहेको युवा क्लब संचालनको लागि दीर्घकालीन रुपमा आर्थिक स्रोत ब्यवस्थापन होस् भन्ने उदेश्यले सार्वजनिक स्थलमा फलफुलका विरुवा रोप्ने कार्य गरीएको पाण्डेको भनाई रहेको छ ।