लक्ष्मी अर्याल
पञ्चनगर,असार–१२
बिशाल बहुउद्देशीय सहकारी संस्था बर्दघाट–१० पञ्चनगरले मन्दिर परिसरमा फलफूलका विरुवा रोपेर आफ्नो १६ औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संस्थाले आज बर्दघाट नगरपालिका वडा नम्बर १० अमरदिप टोल स्थित दुर्गा मन्दिर परिसरमा आँप, लिच्ची, बेलौती, अनार लगाएत १६ प्रजातीका फलफुलका बिरुवा रोपेको हो ।
संस्थाका अध्यक्ष बालकृष्ण लम्सालको अध्यक्षता तथा बर्दघाट वार्ड नंं ९ का वार्ड अध्यक्ष चन्द्रकान्त चापागाईको प्रमुख आतिथ्त्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चापागाईले मानव कल्याणको लागी वृक्षरोपण महत्वपुर्ण रहेकाले यस संस्थाले आफ्नो स्थापना दिवस वृक्षरोपण गरि मनाउनु सर्हानिय कार्य भएको बताउनुभयो । फरक प्रसंगमा बोल्दै चापागाईले जनताको दुः ख सुख जनताको अप्ठ्यारोमा सजिलो गर्ने काममा सहकारीले भूमिका खेल्नुपर्ने कुरामाथि जोड दिनुभयो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै सस्थाका सस्थापक अध्यक्ष बालिन्द्र विक्रम शाहीले २०६४ सालमा स्थापना भएको यस सहकारीमा १ सय जना शेयर सदस्यहरुबाट सुरु गरिएको र १६ बर्षको लामो यात्रा पछी ५ हजार सम्म शेयर सदस्यहरु बढेको देख्दा खुसी लागेको बताउनुभएको । साथै उहाँले सस्थालाई स्थापनाको चरणमा जुन मिहिनेत र ईमानदारिताका साथ यहाँ सम्म पुर्यायौ त्यसरी नै सबै मिलि सहकारीलाई अगाडी बढाउदै लैजानुपर्ने बताउनुभयो ।
स्थापना भएदेखी संस्थाले हाल सम्म ३५ करोड बराबरको आर्थिक कारोबार गरेको र यस संस्थामा हाल डेढ करोडको कोष रहेको संस्थाका अध्यक्ष बालकृष्ण लम्सालले जानकारी दिनुभएको छ । संस्थाले मोबाइल बैकिंग लगाएत विभिन्न आधुनिक प्रविधिकका सञ्चारयुक्त सेवाहरु दिदै आइरहेको समेत अध्यक्ष लम्सालले जानकारी दिनुभयो ।
सस्थाका सञ्चालक समिति सदस्य धनमति सापकोटाको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका कोषाध्यक्ष किशोर गैरेले गर्नुभएको थियो ।