Sarawal sit lahar Notis

पेशेवर सौंदर्य कार्यशाला गोष्ठि सम्पन्न् ।

89

कृष्ण ढकाल
बर्दघाट,असार–९
टिम्बर होम नेपाल प्रा।लि।ले सौन्दर्य कार्यशाला सम्बन्धि एकहप्ते गोष्ठी सम्पन्न गरेको छ । सौन्दर्य कलामा लागेकाहरुलाई थप ब्यवसायिक बनाउनका लागि पेशेवर सौंदर्य कार्यशालाको आयोजना गरिएको टिम्बर होम नेपाल प्रा।लि।का संचालक पुकार शर्माले बताउनु भएको छ ।

एक हप्ते पेशेवर सौंदर्य कार्यशाला गोष्ठीमा सौन्दर्य विशेषज्ञ गीता शर्मा,भारतको नयाँ दिल्लीका हेयर एक्सपोर्ट विनय कुमार,आइ.सी.ए.एल इन्स्टिच्युट इन्डियाका स्मिता शर्माले सौन्दर्य कार्यशालाका वारेका अभ्यासगत रुपमा गोष्ठीमा सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको संचालन टिम्बर होम नेपालका प्रबन्ध निर्देशक पुकार शर्मा र सुदीप ढकालले गर्नु भएको थियो ।

गोष्ठीमा रूस हेयर स्टाइल, माइक्रो ब्लाइडिंग तथा आईलिफ्टिंग , नेल आर्ट लगाएतका पेशेवर सौंदर्यका वारेमा जानकारी प्रदान गरीएको थियो । १ सय बढीको सहभागिता रहेको उक्त गोष्ठी जेष्ठ १ देखि ८ गते सम्म नवलपरासीको बर्दघाट–७ मा रहेको त्रिवेणी रिसोर्ट एण्ड फनपार्कमा संचालन भएको थियो । त्यसैगरी रूपन्देही बिसराम बाटिका रिसोर्ट र मायास ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरमा र फेशन ब्युटी पार्लर एण्ड ट्रेनिङद्वारा रुपन्देहीको पौवा होटल जोगीकुटीमा गोष्ठी सञ्चालन गरीएको सौन्दर्य विशेषज्ञ गीता शर्माले जानकारी दिनु भएको छ ।