sunwal

महुली लघुवित्त वित्तीय संस्था जिमिरेभारद्वारा वृक्षारोपण सम्पन्न

92

बर्दघाट,जेष्ठ–३०
महुली लघुवित्त वित्तीय संस्थाले देशैभर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।  मंगलवार एघार बर्षमा प्रवेश गरेकोे अवसरमा महुलीले सातै प्रदेशमा रहेको आफ्ना शाखा कार्यालयहरुमार्फत वृक्षारोपण गरेको हो ।
संस्थाको पञ्चवर्षीय योजना अन्तरगत वातावरण संरक्षण तथा कार्वन उत्सर्जन न्यूनीकरणको लागि विरुवाहरु रोपिएको महुली लघुवित्तले जनाएको छ ।  सोही क्रममा संस्थाको बर्दघाट–७ मा रहेको शाखाले राष्ट्रिय मावि जिमिरेभारमा बृहत बृक्षारोपण कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि बर्दघाट–७ का वडाध्यक्ष धुब्र थारुले महुली लघु बित्तले बृक्षारोपण जस्तो पबित्र कार्य गरेर सामाजिक उत्तरदायित्व बहन गरेको बताए । उनले संस्थाको ऋण लिए पछि तिर्नुपर्नेमा जोड दिदै संस्थासंग सहकार्य गर्न आफू तयार रहेको समेत जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय माविका प्रधानाध्यापक शेषकान्त पौडेलले बृक्षारोपण कार्यक्रममा राष्ट्रिय माविलाई छनोट गरेकोमा धन्यवाद ज्ञापन गरे ।  कार्यक्रममा पत्रकार रवि पाण्डेयले लघुबित्त संस्थाले बृक्षारोपण जस्तो कार्य गरेको प्रति आफूलाई नौलो लागेको बताए । उनले ऋण लगानी गरेर ब्याज मात्र कमाउने लघुबित्तले सामाजिक उत्तरदायित्व बहन गर्नुलाई आफूले सकारात्मक रुपमा लिएको उल्लेख गरे ।

कार्यक्रममा शाखाका प्रबन्धक गणेश कुमार चौधरीले लघुबित्तबाट ऋण लिएर उदेश्य भन्दा बाहिर लगानी गर्नेहरुले मात्र दुःख पाएको बताउदै लघुबित्त संस्थाले गरिबी निवारण राम्रो काम गरेको जानकारी दिए ।
कार्यक्रममा नेपाल शिक्षक महासंघकी नगर सदस्य भागिरथी सुवेदीले शुभकामना दिएकी थिईन् ।  सो अवसरमा संस्थाले संस्थाबाट ऋण लिएर राम्रो प्रगति गरेको भन्दै आशरानी थारु लाई सम्मान नगद सहित प्रमाणपत्रले समेत सम्मान गरेको थियो । सो अवसर कपुर, धुपी,गोलमोहोर पारिजात अमला लगायतको बिरुवा बृक्षारोपण गरिएको कार्यक्रमका संचालक समेत रहेका बरिष्ठ सहायक ईन्द्रराज संज्यालले जानकारी गराए ।