Sarawal sit lahar Notis

पारिजात सामुदायिक वनसमुहद्धारा सचेतन कार्यक्रम सम्पन्न् ।

61

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२०
पारिजात सामुदायिक वन उपभोक्ता समुह बर्दघाटले समुहका उपभोक्ताहरुलाई लक्षीत गरी वन समबन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न् गरेको छ । बैशाख १५ गते देखि नगरका बिभन्न वडाहरुमा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।
बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित वन समबन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रममा बर्दघाट–सरावल सब डिभिजन वन कार्यालयका वन अधिकृत गिरीराज पन्थ, चिसापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हामे बहादुर गुरुङ्ग लगाएतले सहजीकरण गर्नु भएको थियो ।

पारिजातले बैशाख १५ गते वडा नं. ४ का उपभोक्ताहरु लगाएत छिमेकि सामुदायिक वनका ब्यक्तिहरुलाई बर्दघाटमा,१६ गते बेताहानीमा,१७ गते धनेवामा र १८ गते संसारकोट,वनशक्ती,चिसापानी र हातेमालो सामुदायिक वन समुहका ब्यक्तिहरुलाई वन समबन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न् गरेको पारिजात सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चुरामणी भण्डारीले बताउनु भएको छ ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठकोले समुद्घाटन गरेर शुरुगरीएको वन समबन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रमको समापन कार्यक्रमलाई भने नगर उप प्रमुख रुद्रप्रकाश उपाध्यायले सम्बोधन गरी बैशाख २० गते समापन गरीएको थियो। सो क्रममा बोल्दै उप प्रमुख उपाध्ध्यायले वनको संरक्षण गर्नु सबैको कर्तब्य रहेकाले सबै एक भएर लाग्न जरुरी हेकोमा जोड दिनु भएको थियो ।
समुहका अध्यक्ष चुडामणी भण्डारीको अध्यक्षता उपाध्यक्ष आनन्द पुरीको स्वागत र सचिव कृष्ण प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न् भएको थियो ।