बर्दघाट, माघ–३
सुनवल–६ तिलकनामा जारी नकआउट फुटवल प्रतियोगितामा शुक्रवारको खेलमा ७ –१गोलको अन्तरले चारपाला बिजय भएको छ । तिलकना युवा क्लव सुनवल ६ नवलपरासीको आयोजनामा संचालित प्रथम स्वं गोम बहादुर थापा स्मृति कप २०७६ खुल्ला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत शुक्रवारको खेलमा चारपाला फुटवल क्लव बिजय भएको क्वलका अध्यष कृष्णले जानकारी दिनु भएको छ । तिलकना रंगशालामा संचालीत प्रतियोगितामा शुक्रवार बनाहा फुटवल क्लव लाई ७–१ को गोल अन्तरले पछिपार्र्दै चारपालाले अग्रस्थान जमाएको थियो । शनिबारको खेल सुनवल ३ किर्तिपुर फुटवल क्लव र बुटवल बि बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । २४ टिमको सहभागिता रहेको यस फुटवल प्रतियोगिता माघ १९ गते सम्म संचालन हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३५ हजार र दोस्रो हुनेले नगद र २० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।