sunwal

उत्पादनका सादनहरु र प्रविधिमा महिलाले पहुंच बढाउनु पर्छ ः उप–प्रमुख पाध्याय

81

कृष्ण ढकाल
बर्दघाट,फागुन–२४
लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुलनाराका साथ आज बर्दघाट नगरपालिकाले ११३औं अन्तराष्ट्रिय महिला दिवस मनाईएको छ ।

बर्दघाट नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाको आयोजनामा भएको कार्यक्रममा पत्रकार अमृता अनमोलले महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंसा उन्मूलन आदि सवालहरूमा सहभागिहरुलाई जानकारी प्रदान गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले उत्पादनका सादनहरु र प्रविधिमा महिलाहरुको पहुंच कमी भएका कारण महिलाहरु पछिपर्न बाध्य भएको बताउनु भएको थियो ।
त्यसैगरी समाजमा अझै पनि महिला र पुरुष विचको श्रमका सवाल देखि आर्थिक र साँस्कृतिक रुपमा समेत बिभेद कायमै रहेकाले त्यसको अन्त्य नगर्दा सम्म महिलाहरु पछि परिरहने भएकाले अगुवा महिला नेतृहरुले नेतृत्व लिन जरुरी रहेको बताउनु भएको थियो ।

अहिले बर्दघाट नगरका महिलाहरुको सर्वपक्षिय विकासका लागि नगरले महिला लक्षीत कार्यक्रमहरु अघि सारेको बताउदै नयां कुनै योजनाहरु भएमा नगर समक्ष लिएर आउनका लागि आग्रह समेत गर्नु भएको थियो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै बर्दघाट ईलाका प्रहरी कार्यालयका प्रमुख विरेन्द्र के.सी.ले यो आ.ब.मा बर्दघट ईलाका प्रहरी कार्यालयमा घरेलु हिंसाका ४ वटा ढाडो उजुरी र २ वटा महिला हिंसाका उजुरी परेको बताउदै हिंसा न्यूनिकरणका लागि सदैब प्रहरीले मैला मैत्रिभएर नगरीको सेवा गर्न तयार रहेको बताउनु भएको थियो ।

त्यस्तै मानब अधिकारको क्षेत्रमा कार्यरत ईन्सेक नेपालका जिल्ला प्रतिनिधि नारायण पराजुली यस बर्ष नवलपरासी जिल्लामा बलत्कारको प्रयास गरीएका १६ वटा घट्नाहरु आफुले संकलन गरेको बताउनु भएको थियो । जस्मध्ये सबैभन्दा बढी बालिकाहरुलाई बलत्कारको प्रयास गरीएको पाईएको पराजुलीले जानकारी गराउनु भएको थियो । उहाँका अनुसरा यहि फागुन महिनामा मात्र ६ जना बालिकाहरुलाई बलत्कारको प्रयास गरीएका घट्नाहरु आफुले संकलन गरेको बताउनु भएको थियो ।

बर्दघाट नगरपालिका वडानं. ५ की वडाध्यक्ष बिमला गुरुङ्गको अध्यक्षता र शाखा प्रमुख अप्सरा सुवेदीको संचालन रहेको उक्त कार्यक्रममा बर्दघाट नगरका उप–प्रमुख रुद्र प्रकाश उपाध्याय,बर्दघाट ईलाका प्रहरी कार्यालयका प्रमुख विरेन्द्र के.सी.,राष्ट्रिय भुमि आयोग नेपालकी जिल्ला सदस्य लक्ष्मी भुषाल,गंगा पाण्डे,दिलकुमारी कुवंर,हिरा शाहि,गौमाया गिरी लगाएतले आ–आफ्नो भनाईहरु राख्नु भएको थियो ।