kalika

नेपाल मगर संघ बर्दघाट नगर समितिको अध्यक्षमा टेक बहादुर बुढाथोकी ।

157

कृष्ण ढकाल
बर्दघाट,फागुन–२०
नेपाल मगर संघ बर्दघाट नगर समितिको ८औं बार्षिक साधारण सभा तथा पाँचौं अधिबेशन आज बर्दघाटमा सम्पन्न् भएको छ । नगर समितिका अध्यक्ष पूर्ण बहादुर सारुको अध्यक्षता र प्रदेश समितिका कोषाध्यष तथा जिल्ला अध्यक्ष डि.बि. थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो ।

बर्दघाट–४,बौद्ध गुम्बामा भएको उक्त अधिवेशनले टेक बहादुर बुढाथोकीको अध्यक्षतामा नयां नगर कमीटी सर्बसम्मत रुपमा चयन गरेको छ । जस्को प्रथम उपाध्यक्ष रेवती पुन र द्धितिय उपाध्यक्षमा भरत कामुमगर रहनु भएको छ भने सचिवमा सरस्वती राना , कोषाध्यक्षमा बल बहादुर राना र सह–सचिवमा जगत बहादुर थापामगर रहनु भएको छ ।  १९ सदस्य नगर कमिटि रहेको समिति सर्ब सम्मवत रुपमा नै चयन भएके निर्वाचन म०डलका संयोजक सनतु गाहाले जानकारी दिनु भएके छ ।