sunwal

मासिक घुम्ती कविता वाचनको दोस्रो सृङ्खला राष्ट्रिय मा वि माकर वेताहानीमा सम्पन्न् ।

103

कृष्ण ढकाल
बर्दघाट,फागुन–१९
बर्दघाट साहित्य समाजको बाल प्रतिभा प्रष्फुटन कार्यक्रम अन्तर्गतको मासिक घुम्ती कविता वाचनको दोस्रो सृङ्खला आज सम्पन्न भएको छ । बर्दघाट–७ जिमिरेभारमा रहेको राष्ट्रिय मा वि माकर वेताहानीमा कार्यक्रम सम्पन्न् भएको थियो ।
विद्यालयका प्रधानाध्यापक शेषकान्त पौड्यालको अध्यक्षता र बर्दघाट साहित्य समाजका अध्यक्ष हुमनाथ आचार्यको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो । १३ जना विद्यार्थीहरुले सहभागिता जनाएको उक्त प्रतियोगीमा सर्बाेकृष्ट रचना वाचन गर्नेलाई गरिमा विकास बैंक बर्दघाट शाखा प्रवन्धक हिरामणि पराजुलीले नगद पुरस्कार स्वरुप एक हजार नगद प्रदान गर्नु भएको थियो । त्यसैगरी सोही कार्यक्रममा उत्कृष्ट रचना वाचन गर्नेलाई सात सय पचास नगद र सान्तोवना स्वरुप पांच सय रुपैया गरी तिन जनालाई नगद रुपैया प्रदान गर्नु भएको थियो ।
यसरी प्रदान गरीएको नगद रकम बैंकको सामाजिक उत्तरदायित्व स्वरुप गरिमा विकास बैंक बर्दघाट शाखाले उपलब्ध गराएको थियो। बर्दघाट साहित्य समाजका आजीवन सदस्य मेघराज अधिकारीले विद्यार्थीलाई लेखन सीपमा उत्प्रेरित गर्नु भएको सो कार्यक्रमको सञ्चालन शिक्षक लीला पङ्गेनीले गर्नु भएको थियो।