बर्दघाट ,फागुन–१२
बर्दघाट नगरपालिकाले जारीगरेको उद्योगी ब्यवसायीहरुलाई नगरमा दर्ता गर्ने सम्वन्धि ३५ दिने सुचनाले पीडा दिएको भन्दै बर्दघाट उद्योग बाणिज्य संघले प्रेस बक्तब्य जारी गरेको छ ।
संघका अध्यक्ष लेखनाथ न्यौपानेद्वारा जारी बिज्ञप्तिमा बैकको चर्को ब्याजमा परेका ब्यवसायीहरुलार्इ राहत दिनुपर्नेमा नगरले दर्ताको ताकेता गर्दा थप पीडा भएको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ ब्यापारीहरुलाई राहत हुने नयां प्याकेजको रुपमा कार्यक्रम ल्याई स्वतः स्फूर्त रुपमा ब्यापारीलाई नगरमा दर्ता हुने खालको ब्यवस्था विलाउनका लागि समेत आग्रह गरीएको छ ।