sunwal

प्रजिअ पोख्ररेलद्धारा अतिगरिब बिपन्न र अशक्तहरूलाई काम्बल र टिर्सट बितरण ।

60

गौरीशंकर जयसवाल

परासी २६ पुस
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले उदहारणीय काम गरेको छ । जिल्ला प्रशासन कार्यालय स्थित रहेको बिपत व्यवस्थापन समितिले अति गरिबी बिपन्न बर्ग अशक्तहरूलाई बस्ती घरघरमा पुगी कम्बल , टिर्सट बितरण गरेर उदाहरणीय काम गरेको हो ।

अति गरिबी बिपन्न बर्ग अशक्तहरूलाई जाडो छल्न कतिबाटै लुगा कपडा नपाईरहेको बेला जाडो छल्नको लागि जिल्ला प्रशासन कार्यालय स्थित रहेको बिपत व्यवस्थापन समितिले कम्बल र टिर्सट बितरण गरेर जाडोको मौसममा बृद्ध बृद्धा अति गरिब बिपन्न बर्ग र अशक्तहरूलाई सहरा बनेको छ ।

जिल्ला प्रशासन कार्यालय स्थित रहेको बिपत व्यवस्थापन समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेरेलले बृद्धबद्धा अति गरिब बिपन्न बर्ग अशक्तहरूको बस्ती ,घरघरमा पुगी जाडो छल्नको निम्तिबृद्व बुद्वा अति बिपन्न र अशक्तहरूलाई कम्बल टिर्सट बितरण गर्नु भएको थियो ।

प्रजिअ पोख्ररेले पुस र माघको जाडो छल्नको लागि र चिसोबाट बाँच्नको लागि आकस्मिक रुपमा गरीव बस्तीका घर घरमा पुगेर आफै वितरण गर्दा लक्षीत वर्गमा पुगेको बताउनु भएको छ ।
अति बिपन्न गरिब र अशक्तहरूलाई जाडो छल्नको लागि , चिसोबाट बाच्न र जाडोबाट हुने विभिन्न रोगबाट बचाउनको लागि जिल्ला प्रशासन कार्यालयले १ हजार बढी न्यानो कपडा खरिद प्रक्रियामा रहेको समेत बताउनु भएको छ । आज रामग्राम नगरपालिका वडा न १, सण्डाका २० जना , पाल्हीनन्दन गाउँपालिकाको वडा नं ३ बेलपुरमा १९ जना र रामग्राम ७ उजैनीमा २ जना गरी कुल ४१ जनालाई काम्बल र टिर्सट बितरण गरिएको प्रजिअ पोख्ररेलले जानकारी दिनु भएको छ ।