कृष्ण ढकाल
बर्दघाट,पौष–१८
बर्दघाट–४ बर्दघाटको दाउन्नेदेवि माध्यामिक विद्यालय,बर्दघाटले आफ्नो स्वर्ण जयन्ती एवम् स्वर्ण महोत्सव समारोह २०७९ बिभिन्न कार्यक्रमहरु गरी मनाउने तयारी गरेको छ ।
गत वर्ष देखि स्वर्ण जयन्ती मनाउन शुरु गरेको यस विद्यालयले यहि पौष २१ देखि २५ गते सम्म औपचारीक रुपमा बिभिन्न कार्यक्रमगरी स्वर्ण महोत्सव समारोह समापन गर्ने तयारीमा जुटेको आज पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।
विद्यालयका पूर्व बिद्यार्थीहरुसंग भेटघाट तथा छलफल गर्ने ,सल्लाह सुझाब लिने र कार्यान्वयन गर्ने देखि सरोकारवाला निकायहरुसंग सहकार्य गर्दै स्वर्ण जयन्ती एवम् स्वर्ण महोत्सव समारोहलाई ब्यवस्थीत रुपमा सम्पन्न् गर्ने तयारीमा लागेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
पौष २१ देखि २५ गते सम्म हुने बिभिन्न कार्यक्रमहरु अन्र्तगत १८ गते पत्रकार सम्मेलन,१९ गते विद्यालय सरसफाई,विद्यालय स्तरीय आन्तरीक कार्यक्रम तथा खेलकुद प्रतियोगिता,२० गते नगरपालिका स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, २१ गते प्रभात फेरी,सांस्कृतिक कार्यक्रम तथा दिपावली, २२ गते बिद्यार्थीहरुलाई छात्रवृत्ति तथा पुरस्कार वितरण र सम्मान कार्यक्रम, २३ गते रक्तदान तथा सांस्कृतिक कार्यक्रम,२४ गते पूर्व बिद्यार्थी सम्मान र २५ गते स्वर्ण जयन्ती समारोह तथा स्वर्ण महोत्सव स्मारक अनावरण,दाउन्ने दर्पण नामक स्मारीका विमोचन लगाएतका कार्यक्रमहरु तय गरीएको स्वर्ण जयन्ती एवम् स्वर्ण महोत्सव समारोह मुल समितिका संयोजक बसन्त कुमार रेग्मीले जानकारी गराउनु भएको थियो ।
२०२९ साल पौष २५ गते स्थापना गरेर २०३६ सालमा पहिलो पटक एस.एल.सि. परिक्षा दिलाउन सफल भएको दाउन्नेदेवि माध्यामिक विद्यालयले २०६२ सालमा आईपुग्दा कक्षा ११ र १२ संचालन गरेको बताउदै अहिले विद्यालयमा १ हजार ६३ जना बिद्यार्थीहरुको अध्ययन गराउन ५३ जना शिक्षक कर्मचारीहरु खटिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेश बस्यालले बताउनु भयो ।
स्वर्ण जयन्ती एवम् स्वर्ण महोत्सव समारोह मुल समितिका संयोजक बसन्त कुमार रेग्मीको अध्यक्षता र शिक्षक भोजराज चापागाईको संचालनमा भएको पत्रकार सम्मेलनमा बर्दघाट नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष वेदविना तिवारी,बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेश बस्याल, सह–संयोजक उत्तमध्वज के.सी. ,प्रधानाध्यापक चिरञ्जीवी खनाल लगाएत बिभिन्न समितिका संयोजक तथा शिक्षक कर्मचारीहरुको उपस्थिती रहेको थियो ।