Holi care school

बर्दघाट नगरका विभिन्न स्थानमा निःशुल्क छाला पहिचान स्वास्थ्य शिविर संचालन

155

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२७

बर्दघाट नगरका नगरवासीहरुको स्वास्थ्य समस्याप्रति नगरपालिका जिम्मेवार भएर लागि परेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । नगरका हरेक नागरीकहरुलाई सर्वसुलभ तरीकाले सबै प्रकारको स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउने लक्ष्य अनुसार अहिले नगरका विभिन्न स्थानमा निःशुल्क छाला रोग शिविर संचालन गरीएको नगर प्रमुख श्रेष्ठले बताउनु भएको छ ।

बर्दघाट नगरपालिकाको आयोजना र आई.एन.एफ.नेपाल हरियो खर्क अस्पताल पोखराको सहकार्यमा शुरु भएको तिन दिने निःशुल्क छाला पहिचान स्वास्थ्य शिविरको समुद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।

बर्दघाट वडानम्वर ११ का वडाध्यक्ष फणीन्द्र चौधरीको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको शिविर समुद्घाटन कार्यक्रममा नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्याय,बर्दघाट नगरका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवाली,कृष्णहरि पौडेल,गोपाल पाण्डे,सिता शर्मा लगाएतको उपस्थिती रहेको थियो ।

बर्दघाट नगरपालिका वडा नम्वर ११ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र भगजोगनीमा आज शिविरको समुद्घाटन गरीएको थियो भने भोली वडा नं. १५ को आधारभुत स्वास्थ्य सेवा केन्द,सेन्टर प्लटमा र पर्सी वडा नंवर १२ को आधारभुत स्वास्थ्य सेवा केन्द,कुसुम चोकमा पनि उक्त शिविर संचलन गर्ने तयारी गरीएको आई.एन.एफ.नेपाल हरियो खर्क अस्पताल पोखराका सामुदायिक आउटरिच कार्यक्रम प्रबन्धक ताराह्याङ्ग राईले बताउनु भएको छ ।

आज वडा नं. ११ भगजोगनीमा संचालन भएको शिविरमा १ सय ९२ जना ब्यीक्तहरुले चेकअप गराएकोमा २ जना ब्यक्तिमा शंकास्मत कुष्ठरोगको लक्ष्ण फेला परेको शिविरमा खटिनुभएका वरिष्ठ छाला तथा कुष्ठरोग विषेशज्ञ डा.प्रकाश कार्कीले बताउनु भएको छ । शिवरमा सेवालिनेहरुलाई निःशुल्क औषधीको ब्यवस्था समेत गरीएको थियो ।