sunwal

बर्दघाट खानेपानी सस्थाद्वारा क्याम्पस तथा विद्यालयहरुलाई सरसफाई सामाग्री वितरण

171

मंसिर २५
पश्चिम नवलपरासीको बर्दघाट ४ बर्दघाटमा अवस्थित बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले आफ्नो कार्यक्षेत्र भित्र पर्ने क्याम्पस तथा विद्यालयहरुलाई सरसफाई सामाग्री वितरण र जनचेतना अभिबृद्धि कार्यक्रम लाइ तिब्रता दिएको छ । सस्थाको समाजिक उत्तरदायित्व र बार्षिक योजना अन्तर्गत सरसफाई सामाग्री वितरणका साथै जनचेतना अभिबृद्धि गरेको हो ।

सँस्थाद्धारा संचालित खानेपानी सुरक्षा योजना समितिको आयोजनामा आइतबार आफ्नो सेवा क्षेत्रभित्र पर्ने दाउन्नेदेवी क्याम्पस र दाउन्ने देवी मावीलाई एक कार्यक्रमका बीच सरसफाई समाग्री वितरणका साथै जनचेतना अभिबृद्धि कार्यक्रम गरेको हो । खानेपानी सुरक्षा योजना समितिका समयोजक एवं सस्थाका उपाध्यक्ष दिपक लम्सालको अध्यक्षता तथा दाउन्नेदेवी क्याम्पस ब्यवस्थापन समिति सदस्य एवं सस्थाका पुर्व उपाध्यक्ष डालाराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा क्याम्पस प्रमुख नरेश खनाल, सस्थाका अध्यक्ष धातानन्द बस्याल, क्याम्पसका प्राध्यापक पशुपति चौधरी लगाएतले मन्तब्य राख्नुभएको थियो भने दाउन्नेदेवी मावीमा भएको कार्यकममा खानेपानी सुरक्षा समितिका समयोजक दिपक लम्सालको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेश बस्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विदु््यालयका प्रअ चिरञ्जिवी खनाल, सस्थाका अध्यक्ष धातानन्द बस्याल लगाएतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा स्वास्थ्य क्षेत्रबाट प्रतिनिधित्व गर्दै खानेपानी सुरक्षा योजना समिति सदस्य स्वास्थ्य निरिक्षक कृष्णहरि पौडेल र  शिक्षा क्षेत्रबाट प्रतिनिधित्व गर्दै योजना समितिका सदस्य बाबुराम घिमिरेले कार्यक्रममा सहभागि लाइ हात धुने तरिका तथा सरसफाई र खानेपानीको उपयोगिताबारे जानकारी गराउनु भयेको थियो भने सस्थाको प्रशाशनिक तथा ब्यबस्थापकिय पक्ष बारे सस्थाका ब्यबस्थापक बिष्णु भुसाल ले प्रकाश पार्नु भएको थियो ।

सो अवसरमा क्याम्पस तथा विद्यालयलाई प्रति विद्यालय डस्टविन २ थान, ठेलागाडा १ थान, कोदालो २ थान, बेल्चा २, हार्पिक र फिनेल ५, ५ थान, सिन्के कुचो र अम्रिसो कुचे १०, १० थान, साबुन ६० पिस, चर्पी ब्रस ५ थान, सन्देशमुलक ब्यानर लागएतका समाग्रीहरु वितरण गरिएको थियो ।

कार्यक्रम्मा विद्यालयका पदाधिकारी, विद्यार्थी, शिक्षक, संचारकर्मि, खानोपनी सस्थाका कार्यसमिति, खानेपानी सुरक्षा योजना समिति, लेखा समिति, संस्थाका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो । बर्दघाट ४ मा कार्यक्षत्र रहेको सस्थाले अहिले सम्म वार्डका २१ वटा टोल विकास सस्थामा र वार्डकै ४ वटामा सामुदायिक विद्यालयमा कार्यक्रम सम्पन्न गरि सकेको र अब १ टोल मात्र बाकी रहेको आयोजकले जानकारी गराएकोछ । समितिका सदस्य गिता शर्माको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका सचिव धन बहादुर गुरुंगले गर्नुभएको थियो ।