कृष्ण ढकाल
बर्दघाट,मंसिर–१
नेपाल ढकाल समाज प्रतिष्ठानले कुल मन्दिर र ढकाल आश्रम निमार्णका लागि जग्गा खरीद गरेको छ । पुण्य भूमि देवघाट क्षेत्र तनहुँमा ६ रोपनी २ आना २ पैसा २ दाम को प्लट खरीद गरीएको प्रष्ठिानका केन्द्रिय अध्यक्ष टिकारामा शर्मा ढकालले सामाजिक संजाल मार्फत जानकारी गराउनु भएको छ ।
२०७९ श्रावण २६ गते देखि २८ गते तीनदिन सम्म नेपाल भरका ढकालहरुको देवघाटमा भएको राष्ट्रिय भेलाले पुण्य भूमि देवघाट क्षेत्र तनहुँमा कुल मन्दिर र ढकाल आश्रम निमार्ण गर्ने सर्बसम्मत निर्णय गरेको थियो । सोहि निर्णय अनुसार जग्गा खरीद गरीएको प्रष्ठिानका केन्द्रिय उपाध्यक्ष कुल बहादुर ढकालले बताउनु भएको छ । यहि कार्तिक ३० गते जग्गा धनीलाई पन्ध्र लाख रुपैया दिएर जग्गाको करारनामा (बैना) लगाउने कार्य सम्पन्न भएको छ भने आगामि २०७९ पौष मसान्त सम्म सो जग्गा को रजिष्ट्रेसन पास गरी लिइ सक्नु पर्ने गरी लिखित करारनामा गरीएको उपाध्यक्ष कुल बहादुर ढकालले बताउनु भएको छ ।
ऋृषि तपोभूमी प्रशिद्ध धार्मिक स्थल देवघाट धाम क्षेत्रमा कुलदेवता को मन्दिर , खोज अनुसन्धान र अध्यायन केन्द्र तथा ढकाल आश्रम निर्माण को लागी जग्गा खोजि देखि पुर्वाधार निर्माण गर्न प्रतिष्ठानका केन्द्रीय अध्यक्ष टिकाराम ढकाल संयोजक रहेको १३ सदस्य समिति बनेको थियो । राष्ट्रीय भेलाले दिएको जिम्मेवारी पुरागर्दै उक्त समितिले २०७९ कार्तिक २७ गत्ते उपयुक्त जग्गा खोजि गरी नाप जाँच गरेर चार किल्ला छुटाउने कार्य समेत सम्पन्न् गरेको छ ।
जग्गा खोजि देखि पुर्वाधार निर्माण गर्न बनेको उपसिमति
टिकाराम शर्मा ढकाल संयोजक (केन्द्रीय अध्यक्ष )
हरिप्रसाद ढकाल सह संयोजक (गण्डकी प्रदेश अध्यक्ष )
तारापति ढकाल सचिव (केन्द्रीय सदस्य )
सीता शर्मा ढकाल सदस्य (केन्द्रीय सदस्य)
ई.बाबुराम उपाध्याय ढकाल सदस्य (सल्लाहकार)
बिनोदकान्त ढकाल सदस्य (सल्लाहकार)
नेत्रराज हमाल ढकाल सदस्य ( सल्लाहकार )
नवराज ढकाल चितवन सदस्य (प्रदेश सदस्य बागमती)
शिवप्रसाद ढकाल सदस्य (जिल्ला अध्यक्ष चितवन)
नारायण प्रसाद ढकाल सदस्य (जिल्ला अध्यक्ष तनहुं )
धर्मदत्त ढकाल सदस्य (जिल्ला अध्यक्ष नवलपुर )
छबिलाल ढकाल सदस्य (महानगर अध्यक्ष भरतपुर )
रामहरि ढकाल सदस्य (जिल्ला सचिव चितवन )
नेपाल ढकाल समाज प्रतिष्ठानको कुल मन्दिर र ढकाल आश्रम निर्माणको लागी अहिले सम्म आर्थिक सहयोग गर्नेहरु यस प्रकार रहनु भएको छ ।
प्रतिष्ठानका सल्लाहकार मोहन प्रसाद ढकालकी धर्म पत्नी सरला ढकाल ५,००,०००।– (ललितपुर जाउलाखेल )
केन्द्रीय सदस्य तारापति ढकाल चितवन ३,००,०००।–
केन्द्रीय सदस्य सीता शर्मा ढकाल चितवन २,००, ०००।–
महानगर अध्यक्ष छविलाल ढकाल चितवन १,००,०००।–
सल्लाहकार देविप्रसाद ढकाल चितवन १,००,०००।–
गण्डकी प्रदेश संयोजक हरिप्रसाद ढकाल १,००,०००।–
प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष कुल बहादुर ढकाल १,००,०००।–
प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष जगन्नाथ ढकाल ५०,०००।–
केन्द्रीय सदस्य भगवती ढकाल ५०,०००।–
रत्ननगर १३ टाडी चितवनका मदन ढकाल ३०,०००।–
ईलाम–६ का मोहन लाल ढकाल २१,१५१।–
रामेछाप–३ का राजन ढकाल १५,०००।–
टोटल १५,६६,१५१।–
कुलदेवताको नाममा आफ्नु इच्छा अनुसारको रकम दानगर्न ईच्छुक कुनै पनि ढकाल बन्धुहरुले ढकाल समाज प्रतिष्ठानको मेघा बैंक नेपाल लि । हात्तीगौंडा शाखा को बचत हि नं1180050015280 मा जम्मा गर्न सकिने प्रतिष्ठानका अध्यक्ष टिकाराम शर्मा ढकालले बताउनु भएकोछ ।