Holi asnjal makar GURU

महिलाहरुलाई रोजगारी सृजना गर्दै ः दाउन्ने देवि महिला बहुउद्धेश्यीय सहकारी

64

कृष्ण ढकाल
बर्दघाट,भदौं–४
महिलाहरुलाई संगठीत गर्दै महिलाहरुको हक,हित र रोजगारीका निम्ती पहलगर्ने बर्दघाट नगरको लोकप्रिय संस्थाको नाम हो दाउन्ने देवि महिला बहुउद्धेश्यीय सहकारी संस्था ।

२०५५ साल फागुन ४ गतेका दिन प्रारम्भिक साधारणसभा गरी २०५६ साल पौष १ गते डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता भएर कार्यसम्पादन शुरु गरेको यो संस्थाले अहिले २४ बर्षे युवापनमा आउदा संस्था आत्म निर्भर तथा समाज र सदस्यहरु प्रति जवाफदेखि बन्न सफल भएको छ ।

त्यतीमात्र हैन शेयर सदस्यहरु बिस्तार गर्ने देखि उनीहरुलाई समय सापेक्ष तालीम,गोष्ठी,सेमीनार,अध्ययन अवलोकन भ्रमण लगाएतका विभिन्न प्रकृतिका कार्यक्रमहरुमा सहभागि गराउदै संस्थाको सर्वपरि विकासमा संस्थाको नेतृत्व टिम लागि परेको छ ।

अहिले संस्थाको मर्मर र उद्धेश्य अनुरुप संस्थागत रुपमा आफ्ना केहिशेयर सदस्यहरुलाई रोजगारी सृजनागर्दै बर्दघाट नगरलाई झोलामा आत्मनिर्भर बनाउने लक्ष्य लिएर यो संस्थाले बिभन्न साईजमा बिद्यालयका झोला र लेडिज ब्यागहरुको उत्पादन तथा बजारीकरण गरी रहेको छ ।

समाजमा रहेका दीनदुःखी एवं घरेलु हिंसाबाट पीडित र सहाराविहीन महिलाहरुलाई सेवा दिँदै आएको यो संस्थाले एकल तथा असाहय महिलाहरुलाई सफल उद्यमी समेत बनाउन पछि परेको छैन ।

संस्थाकी शेयर सदस्य नारायणी कोइराला जस्ता २२ वर्षदेखि स्थानीय हाटबजारमा व्यवसाय गर्दै आएका एकल तथा असाहय महिलाहरुलाई सफल ब्यवसायी बनाउन र उनीहरुको जिवनमा आमुल परिर्वतन गर्न यो संस्थाको ठूलो भुमिका रहेको छ ।

विपन्न महिलाहरुलाई समुहमा आवद्ध गराई उनीहरुको चेतनास्तर अभिवृद्धि गर्दै बचत गर्ने बानीको विकास गर्ने र ऋण प्रवाह मार्फत् उनीहरुलाई आर्थिक रुपमा सबल बनाउन संस्थाको टिम लागिपरेका कारण नै अहिले संस्था यहां सम्म आएको संस्थाकी अध्यक्ष देवि पौडेल (लौडारी) ले बताउनु हुन्छ ।

करिव २ हजार बढी सदस्य आवद्ध बभएको यो संस्थाको शेयरपुँजी करिव २ करोड जती पुगेको छ भने जगेडा तथा अन्य कोषहरुमा १ करोड १० लाख जती रहेको छ । कुल कारोबार करिव १५ करोड जती रहेको यो संस्थाले बढिमा १० लाखसम्म ऋण लगानी गर्दै आएको छ ।

संस्थाबाट ऋण लिएर व्यापार व्यवसाय, तरकारी खेती , पशुपालन र कृषि गर्ने सदस्यहरुको संख्या बढ्दै गएको छ भने संस्थाले आफ्नै पहलमा घर सिंङ्गो घर भाँडामा लिएर झोला उद्योग संचालन गरीरहेको संस्थाकी सचिव तथा झोला उत्पादन उपसिमितिकी संयोजक लक्ष्मी बर्तौलाले बताउनु भएको छ ।

लुम्बिनी प्रदेशमा नै महिलाहरुले संचालन गरेको सहकारीहरु मध्ये पहिलो हुदै सामाजिक विकास मन्त्रालयबाट १० अनुदान समेत हात पार्न सफल भएको यो संस्थाले संस्थाको १४ वटा इकाई समिति बनाएर आफ्ना गती विधिहरुलाई अगाडी बढाएको छ ।