kalika

“भूमि आयोग“ (सुकुम्बासी आयोग) को अध्यक्षमा देवराज भण्डारी नियुक्ति ।

62

कृष्ण ढकाल
बर्दघाट,साउन–२३
नवलपरासी जिल्लाको “भूमि आयोग“ (सुकुम्बासी आयोग) को अध्यक्षमा नेपाली काँन्ग्रेसका देवराज भण्डारी नियुक्ति हुनुभएको छ । त्यसैगरी सदस्यमा नेकपा माओवादी केन्द्रका भविस्वर तिवारी (आजाद) र नेकपा एसकी लक्ष्मी भुषाल खरेल नियुक्ती हुनु भएको छ ।

नव नियुक्त “भूमि आयोग“ (सुकुम्बासी आयोग)का अध्यक्षहरुले भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलावाट सपथग्रहण समेत गरीसक्नु भएको छ । नवलपरासीका लागि भूमि आयोग“ मा सपथग्रहण गरेसंगै जिल्ला अध्यक्ष देवराज भण्डारीले अब नवलपरासी जिल्लामा जग्गाको स्वामित्वको आशामा बसेका भूमिहिन जनताहरुको आशालाई साकार पार्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।

उहांले आफ्नोे नामको सामाजिक संजाल मार्फत प्रतिबद्धता जाहेर गर्दै अब आफ्नो टिमले भूमिहिन जनताहरुको आशालाई साकार पार्ने गरी अघिबढ्ने बताउनु भएको छ । त्यसैगरी उक्त कार्य सफल पार्नका लागि आवश्यक सुझाव, सल्लाह र सहयोगको लागि बिभिन्न राजनितिक दल, कर्मचारी वर्ग र समस्त नवलपरासीवासीहरुसंग सहयोगको आग्रह समेत गर्नु भएको छ ।