Holi asnjal makar GURU

अखिल (क्रान्तिकारी) नवलपरासी द्वारा शिक्षा शाखामा मागपत्र

75

कृष्ण ढकाल
बर्दघाट,साउन–१५

अखिल (क्रान्तिकारी) नवलपरासीले आफ्ना बिभिन्न ५ सुत्रिय मागहरू राख्दै स्थानीय तहका शिक्षा शाखाहरूमा मागपत्र बुझाइएको छ।

नवलपरासी जिल्लाका सबैजसो शैक्षिक संस्थाहरुले विभिन्न वहानामा आफु खुशी अभिभावकहरुवाट रकम असुली गर्ने गरेको र विद्यालयहरुले प्रदान गर्नु पर्ने सेवा सुविद्याहरु नदिएको प्रति आफ्नो संगठनको ध्यानाकर्षण भएकाले माग पत्र पेश गरेको संगठनका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सन्देश सापकोटा र जिल्ला संयोजक सुबास शर्मा द्धारा हस्ताक्षर गरी पेश गरीएको माग पत्रमा उल्ल्ेख गरीएको छ ।

यस्ता छन मागहरू 

 

१. अनिवार्य तथा नि:शुल्क शिक्षासम्वन्धि नियमावली -२०७७’ मा व्यवस्था गरिए बमोजिम सार्वजनिक विद्यालयहरूले माध्यमिक तहसम्म बिद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा तथा पाठ्यपुस्तक बापतकाे शुल्क लिन नपाइने व्यवस्था जस्ताको तस्तै कार्यान्वयन गराइयाेस् ।

२. संस्थागत बिद्यालयहरूले लिइरहेका मनाेमानी र चर्काे शुल्क नियन्त्रण गर्दै आम गरिखाने अभिभावकले तिर्न सक्ने शुल्क निर्धारण गरियोस् । साथै सामुदायिक बिद्यालयहरूले अभिभावक सहयोगकाे नाममा लिने चर्काे शुल्कका कारण आधारभूत वर्गका बिद्यार्थी बिद्यालयको पहुँचबाट कट्दै गइरहेकाे अवस्था अन्त्य गरियोस् । अङ्ग्रेजी भाषाकाे नाममा लिइने अतिरिक्त शुल्क बन्द गराइयाेस् ।

३. सम्बन्धित स्थानिय तह भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयमा दिइने, ऐनमा व्यवस्था भएबमोजिमको छात्रवृत्ति पारदर्शीताकाे लागि सम्बन्धित बिद्यालयबाट छात्रवृत्ति पाउने विद्यार्थीकाे सूची संकलन र छानबिन गरि स्थानीय शिक्षा शाखाद्वारा नै सूची प्रकाशन गरियाेस् ।

४. कुनै सामुदायिक विद्यालयमा हजारौं विद्यार्थीकाे चाप हुने, कुनै विद्यालयमा बिद्यार्थी अति न्यून हुने अवस्था अन्त्यको लागि एउटै स्थानीय तहभित्रका विद्यालयहरूकाे समान स्तराेन्नतीकाे लागि कार्यक्रम बनाइयाेस् । साथै सबै सामुदायिक बिद्यालयहरूमा आवश्यक शिक्षक दरबन्दी र पूर्वाधारकाे व्यवस्था गरियाेस् ।

५. दिनप्रतिदिन बढिरहेको महिला हिंसालाई मध्यनजर गर्दै विद्यालयमा छात्राहरुको आत्मसुरक्षा शसक्तिकरणका लागि तालिम सञ्चालन गर्न समेत माग गर्दछौं ।