sunwal

रितमान कामुको अध्यक्षतामा लुम्बिनी प्रदेश आईटिएफ तेक्वान्दो समिती गठन

102

असार २५ ,बुटवल
न्याय सत्यता र बिस्वशान्तिका साथै स्वास्थ्यकालागी खेलकुद राष्ट्रकालागि खेलकुद भन्ने मुल नाराका साथ आईटिएफ तेक्वान्दोको दोस्रो साधारणसभा तथा अधिवेशन शनिबार लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न भएको छ।

आईटिएफ तेक्वान्दो संघ लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष रितमान कामुको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री सहसराम यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

अधिवेसन मार्फत रितमान कामुको अध्यक्षतामा १३ सदस्सिय समिती गठन भएको छ। जसको उपाध्यक्षमा गिता क्षेत्री नवराज खरेल, सचिवमा बिक्रम बाँठा मगर , कोषाध्यक्षमा राजन रसाईली, सदस्यहरूमा जमालुदिन शेष, श्याम बहादुर गहा मगर, राकेश सिह रायमाझी, कृष्ण प्रसाद बाठा मगर , बिजय पुन मगर, भिम ज्ञवाली, राकेश मगर,गिर बहादुर घर्ती मगर निर्विरोध निर्वाचित भएका छन ।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराई, नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसि, आईटिएफ तेक्वान्दोका सदस्यहरु नीर बहादुर सारु, प्रेम कामु लयायतले बोल्दै नवनिर्वाचित नेतृत्वले खेल क्षेत्रको बिकासमा महत्वपूर्ण योगदान दिने बिस्वास ब्यक्त गर्नु भयो ।