sunwal

सुनचा“दीको ब्यवसाय गर्ने ब्यापारीहरुको व्यवसायिक सुरक्षा नै प्रमुख चुनौती ः– अध्यक्ष शाक्य

54

कृष्ण ढकाल
बर्दघाट,असार–२५

सुनचा“दीको ब्यवसाय गर्ने ब्यापारीहरुको व्यवसायिक सुरक्षा र यसको सुनिश्चितता नै आजको प्रमुख आवश्यकता रहेको नेपाल सुनचा“दी ब्यवसायी संघका केन्द्रिय अध्यक्ष माणीक रत्न शाक्यले बताउनु भएको छ ।

शनिवार नवलपरासी सुनचा“दी ब्यवसायी संघको छैठौं वार्षीक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष शाक्यले उक्त कुरा बताउनु भएको हो ।

सुनचा“दीको ब्यवसायमा सरकार, उपभोक्ता, ब्यवसायी र कालिगढको चौतर्फि सम्वन्ध रहेकाले अब सरकारले छिट्टै सुनचा“दी ब्यवसायीहरुलाई लक्षीतगरी कानुन निमार्ण गर्न लागेको अध्यक्ष शाक्ले बताउनु भएको छ ।

त्यसैगरी सबै जिल्लाहरुमा सुनचा“दी विक्रिमा एकरुपता ल्याउने ,कारीगढहरुका लागि सरकारले नै पहिचान पत्र प्रदान गर्ने र प्रदेशवाट नै सुन बिक्रि गर्ने खालको निति तय नहुदा सम्म सुनचा“दी ब्यवसायीहरुको ब्यवसायको सुनिश्चितता नहुने शाक्यको भनाई रहेको थियो ।

दैनिक ३० देखि ४० किलो सुन खपत भैरहेको अहिलेको अवस्थामा सरकारले १० केजी मात्र सुन आयात गरेर ब्यवसायिलाई सुन पुर्याउन नसकेको अध्यक्ष शाक्यले जानकारी गराउनु भएको थियो ।
त्यस्तै केन्द्रिय उपाध्यक्षद्धय दिपेन्द्र रामु दामुले सुनको भाउमा आएको बृद्धि, आपूर्तिकालागि ब्यवस्था भएको कोटामा कमी गरि दैनिक १० किलोमा मात्र सिमित गरिनु, झिटी गुन्टा भारीको प्रावधान अनुसार ५० ग्रामसम्म सुनका गहना भन्सार छुटमा ल्याउन पाउने भएतापनि स्थानीय बजारमा उक्त सुन खरिद बिक्रीमा रहेको समस्या निक्कै चुनौती पूर्ण रहेको बताउनु भएको थियो ।

उपभोक्तालाई सुरक्षित र गुणस्तरीय सेवाको उपलब्धता गर्न र ब्यवसायीलाई ब्यवसायिक सुरक्षा एवं अधिकार प्रदान गर्न महासंघ मात्र हैन अब सबै ब्यवसायि लागन जरुरी रहेको सुनचा“दी ब्यवसायी संघ,केन्द्रिय सचिव तथा नवलपुर, जि.स.स प्रमुख बाबुराम विश्वकर्मा ले बताउनु भएको थियो ।

नवलपरासी सुनचा“दी ब्यवसायी संघका अध्यक्ष राजेन्द्र सुनारको अध्यक्षता सचिव प्रकाश कुमार श्रीपालको संचालन रहेको कार्यक्रममा नेपाल सुनचा“दी ब्यवसायी संघ,केन्द्रिय उपाध्यक्षद्धय दिपेन्द्र रामु दामु,जोगलाल विश्वकर्मा,सचिव बाबुराम विश्वकर्मा लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

नवलपरासी सुनचा“दी ब्यवसायी संघको २०७७ चैत्र ११ गते देखि २०७९ असार २२ गते सम्म ६ लाख ५२ हजार ८८ रुपैया बराबरको आर्थिक कारोवार भएको संघको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

नवलपरासी सुनचा“दी ब्यवसायी संघको छैठौं वार्षीक साधारण सभा तथा तेस्रो अधिवेशनले भुमहीका अर्जुन सुनारको अध्यक्षतामा नयां कार्यसमिति चयन भएको छ ।