कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२४
बर्दघाट नगरपालिका वडा नं। १६ सूर्यनगरमा विहिवार देखि शुरु भएको पाँच दिने माइन्यूट लेखन तथा उद्घोषण तालीम सम्पन्न् भएको छ । तालीमको समापन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं वडाध्यक्ष भिमकाजी गुरुङ्गले यसअघिका जनप्रतिनिधले शुरु गरेका योजनाहरु कुनै पनि हालतमा सम्पन्न् गर्नै प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
वडाध्यक्ष गुरुङ्गले जनताको पक्षमा रहेर अघि सारिएका अपुरा योजनासंगै जनतासंग प्रत्यक्ष जोडीने गरी आगामी योजनाहरु ल्याउने समेत प्रतिवद्धता जाहेर गर्नु भएको थियो । त्यसैगरी महिलाहरुका लागि सिपविकास र क्षमता अभिबृद्धिका लागि पनि योजनाहरु ल्याउन आफु र आफ्नो टिक कटिबद्ध भएर लागि परेको जानकारी गराउनु भएको थियो ।
त्यसैगरी निर्वतमान वडाध्यक्ष सुक बहादुर गुरुङ्गले महिलाहरु पहिले आफ्नो कार्यकालमा कुनै पनि सामाजिक कार्यक्रमहरुमा बोल्न र कार्यक्रम संचालन गर्ने कार्यमा पछि परेका कारण आफ्नो टिमले महिलाहरुलाई लक्षीत गरेर नै उद्घोषण तालीम का लागि वजेट विनियोजना गरेको बताउनु भएको थियो ।
त्यस्तै जनजाती महासंघ जिल्ला अध्यक्ष ईन्द्र गुरुङ्गले तालीम निक्कै प्रभावकारी भएको बताउदै तालीममा सिकेको सिपलाई अब ब्यवहारमा उर्तान सहभागिहरुलाई आग्रह गर्नु भएको थियो ।
निर्वतमान नगर कार्यपालिका सदस्य तथा कार्यक्रम संयोजक अम्बिका लम्सालको अध्यक्षता र वडाध्यक्ष भिमकाजी गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको तालीमको समापन कार्यक्रममा सहभागिको तर्फवाट सावित्रा अधिकारी,दुर्गा सापकोटा,सीता न्यौपाने,कविता अधिकारी,जुना गिरी लगाएतले तालीमको अनुभवका वारेमा आफ्ना भनाईहरु राख्नु भएको थियो भने कार्यक्रममा वडाका वर्तमान तथा निवर्तमान वडा सदस्यहरु,समाज सेवी लगाएतको यपस्थिती रहेको थियो ।
अन्य महिलाहरुको सिप बिकासका लागि भनेर वडाकार्यालयले विनियोजन गरेको रकमवाट संचालीत उक्त माइन्यूट लेखन तथा उद्घोषण तालीममा पत्रकार कृष्ण ढकालले सहजीकरण गर्नु भएको थियो । ७० जनाबढी महिलाहरुको सहभागिता रहेको उक्त तालीम बर्दघाट–१६,सूर्य नगरमा रहेको मगर समाजको भवनमा संचालन भएको थियो ।