कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१८
बर्दघाट नगरपालिका वडा नं. ८ र ९ का ब्यवसायिक कृषि समुहलाई लक्षीत गरी आज एक कार्यक्रमका विच जैविक विषादी वितरण गरीएको छ । नगरको कृषि शाखाले आफ्नो बार्षिक कार्यक्रम अनुसार बाली संरक्षण कार्यक्रमवाट कृषकको उत्पादन बढाउने उद्धेश्यले उक्त जैविक विषादी वितरण गरेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।
विषादी वितरण गर्दे नगर प्रमुख श्रेष्ठले कृषकहरुको बाली संरक्षण गर्ने ,उत्पादन बढाउने र त्यसको सहज बजारीकरण गरी उनीहरुको आर्थिक सबलीकरणमा जोड दिने उद्धेश्य अनुरुप नगरपालिका अघि बढ्ने बताउनु भएको थियो ।
नगर प्रमुख श्रेष्ठको अध्यक्षता र कृषि शाखा प्रमुख युवराज लम्सालको संचालन रहेको उक्त कार्यक्रममा वडा नंं.९ का वडा सदस्यद्धय दिपक खराल ,दुर्गा खत्री पञ्चनगर महिला सहकारीकी अध्यक्ष लोमा वाग्ले खनाल,कृषि प्राविधिक मोनिका सिंह,यमुना दहाल वडा सचिव हिमा कुमारी वन लगाएतको उपस्तिथी रहेको थियो ।
बर्दघाट वडा नंं. ८ का ३ वटा कृषि समुह,वडा नं. ९ को १ वटा कृषि समुह ,पञ्चनगर महिला सहकारी ,मधुवन कृषि सहकारी गरी ६ वटा समुहमा आवद्ध रहनु भएका कृषकहरुलाई लक्षित गरी नगरपालिकाले आज उक्त जैविक विषादी वितरण गरेको नगरका कृषि शाखा प्रमुख युवराज लम्सालले बताउनु भएको छ । उहांका अनुसरा वडा नम्वर ८ र ९ का कृषकहरुलाई लक्षीत गरी २ लाख ४० हजार रुपैया बराबरको जैविक बिषादी वितरण गरीको छ ।