sunwal

नवलपरासीका सातवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।

46

कृष्ण ढकाल
बर्दघाट,बैशाख–९
यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन सम्पन्न् गर्नका लागि नवलपरासीका सातवटै स्थानिय तहहरुमा बिहिवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरीएको छ ।

जिल्लाका सातवटै पालिकाहरुको प्रशासनिक भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरीएको छ। सातवटै पालिकाका निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाम परासीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरीएको नवलपरासीका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश धु्रब कुमार शाहले बताउनु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय स्थापनासंगै बर्दघाट नगरपालिकामा निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेललाई तोकेको छ भने सुनवल नगरपालिकामा लिलाधर अधिकारीलाई , प्रतापपुर गाउपालिकामा केशवराज रिजाललाई, सुस्ता गाउपालिकामा खिमानन्द ज्ञवलीलाई, पाल्हीनन्दन गाउँपालिकामा नारायण पोखरेललाई र सरावल गाउपालिकामा चन्द्र बहादुर सिंजालीलाई निर्वाचन अधिकृतको रुपमा तोकिएको छ ।

सातवटै पालिकामा तोकिएका निर्वाचन अधिकृतहरुलाई कार्य सम्पादनका लागि बिहिवार एकै दिन सबै पालिकाहरुमा एकै साथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरीएको छ भने नवलपरासीको परासी स्थित बाल मन्दिरको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरीएको छ ।

स्थानिय तहको चुनाव सबैको साझा भएकाले यस चुनावलाई सबैले शान्तीपुर्ण र भयरहित रुपमा सम्पन्न गर्नु हामी सबैको दायित्व भएको भन्दै सबै राजनैतिक दल र दलमा सम्बद्ध व्यक्तिहरुको सौहार्दपुर्ण सहकार्य र सहयोगमा निर्वाचन सम्पन्न् गर्न निर्वाचन अधिकृतहरुले आग्रह गरेका छन् ।

गणतन्त्र स्थापना पश्चात हुन लागेको स्थानिय तहको दोश्रो चुनावलाई सभ्य र स्वस्थ रुपमा सम्पन्न गर्न आपसी समन्वय हुने जरुरी रहेको छ ।
उता

निर्वाचन आयोगले उम्मेदवारको मनोनयनको लागि यही वैशाख ११ र १२ गतेको समय दिएको छ । त्यसैगरी १३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारमाथि उजुरी दर्ता गर्ने दिन तोकिएको छ भने १४ र १५ गते निर्वाचन अधिकृतले त्यसबारेमा निर्णय दिने समय तालीका रहेको छ ।  १६ गते उम्मेदवारले नाम फिर्ता लिने र बेलुका ५ देखि ६ बजे सम्ममा अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालीका सार्वजनीक गरीएको छ ।  त्यस्तै १७ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरि र बैशाख ३० गते मतदान हुने गरी निर्वाचन कार्यतालीका बनाईएको छ ।