sunwal

जन्मदिनको अवसर पारेर मृगौला पीडतलाई आर्थिक सहयोग ।

44

जिवन न्यौपाने
बर्दघाट,चैत्र –२२
आफ्नो जन्मदिनको अवसर पारेर स्वास्थ्यकर्मी बाबुराम तिमिल्सिनाले एक मृगौला पीडतलाई आर्थिक सहयोग गर्नु भएको छ । सरावल गाउपालिका वार्ड न १ सालबास निवासी अशक्त नगेन्द्र बहादुर थापालाई तिमिलसिनाले नगद दश हजार रुपैया सहयोग गर्नु भएको हो ।
दुबै मिर्गौला पीडित २४ बर्षीय थापाले बिगत २ बर्ष देखि विभिन्न अस्पतालहरुमा उपचार गराउदै आउनु भएको मृगौला पीडीतका बाबा फोर्स बहादुर थापा र आमा भिमा थापा ले बताउनु भएको थियो । उक्त पीडितलाई घर मै गएर स्वास्थ्यकर्मी तिमिल्सिनाले स्वास्थ्य चेक जाँच का लागि सहयोग पुगोस् भनेर आर्थिक सहयोग गनु भएको हो ।
जन्म दिन को अवसरमा रमाइलो कार्यक्रम गरेर मनाउनु भन्दा यस्तै पीडित हरुलाई सहयोग गरेर मनाउन उचीत हुने भन्दै अरुले पनि यसरीनै सहयोग गर्न आग्रह गर्नु भएको छ । पीडित को परिवार को खाता न एन एम बि बैंकको ०३७००२३०९७४०००११ मा सहयोग गर्न सक्नुहुनेछ ।